विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । बुङ्गल हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनाकाे निर्माण अन्तिम चरणमा पुगेको हो ।

बाँध क्षेत्रका सबै सिभिल संरचनाको काम सकिएको आयोजना संयोजक सुनिल रेग्मीले बताए । मुख्य सुरुङ पनि खनेर सकिन लागेकाे बताए । ‘ २ हजार ८ सय १२ मिटर लामाे मुख्य सुरुङ २ हजार २२ मिटर खनेर सकियाे,’ उनले ऊर्जा खबर सँग भने, ‘बाँकी ७ सय ९० मिटर आउने असोजभित्र पूरा हुन्छ ।’

कमजाेर भौगोलिक अवस्थाका कारण सुरुङ खन्न धेरै समय लागेकाे पनि उनले बताए । आयोजनामा जडान हुने २ हजार ३ सय मिटरमध्ये ८ सय मिटर  बिछ्याइसकेको छ । बाँकी एक हजार ५ सय मिटर कात्तिकभित्र पूरा गर्ने लक्ष्य छ ।

विद्युतगृहमा पनि सिभिल संरचनाको काम पूरा भएको छ । अहिले इलेक्ट्राेमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ ।

आयोजनाको सबै काम पूरा गरी २०७८ मंसिर पहिलो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाबाट २०७७ जेठमा नै विद्युत उत्पादन गर्ने तालिका भएपनि आयोजना स्थल दुर्गम क्षेत्रमा पर्ने हुँदा निर्माण सामाग्री ढुवानी समस्या तथा प्रतिकुल मौसमका कारण काम प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ ।

 आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनीमार्फत साढे ६४ मेगावाटका आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो सानीगाडसँगै ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड निर्माणाधीन छन् । यी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३