विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
फाइबरनेटमा प्रवाहित करेन्टबाट भएको सन्जिप जिसी मृत्यु

काठमाडौं । गृहमन्त्रालयले नेपाल टेलिकमको फाइबरनेटबाट प्रवाहित करेन्टले मृत्यु भएका सन्जिप जिसीको ज्यानमुद्दा निवेदन दर्ता गर्न निर्देशन दिएको छ । प्रहरी वृत महाराजगंजले मुद्दा दर्ता गर्न नमानेपछि पीडितका आफन्तले गुहार माग्दै मन्त्रालयमा पुगेका थिए । साेहीअनुरुप मन्त्रालयले मुद्दा दर्ता गर्न निर्देशन दिएको हो ।

टेलिकमलाई दोषी ठहर गरी कारबाहीको माग राख्दै पीडितका पिता हिराबहादुर जिसीले गृहमन्त्रीलाई निवेदन पेश गरेका थिए । सोहीअनुसार मन्त्रालयले मुद्दा दर्ता गरी कारबाही गर्न प्रहरी वृतलाइ निर्देशन दिएको छ ।

याे पनि पढ्नुहाेस: टेलिकमले थापेको विद्युतीय धरापले ३० वर्षीय सञ्जिवको ज्यान लियो

स्थायी घर बागलुङ भएका सन्जिपको असार ४ गते बिहान करेन्ट लागेर मृत्यु भएको थियो । यसको सम्बन्धमा टेलिकमले जिम्मेवारी नलिएपछि जिसी परीवारले महाराजगन्ज प्रहरीमा  उजुरी दिएका थिए । उजुरी दिएपनि टेलिकमले फाइबर नेटबाट करेन्ट प्रवाह हुन नसक्ने भन्दै यसको जिम्मेवारी लिन अस्विकार गरेपछि आवश्यक कारबाहीका लागि काठमाडौं महानगरपालिका–३ मा कारबाहीका लागि पहल गरेका थिए । 

नेपाल विद्युत प्राधिकरणले भने प्राधिकरणको गल्ति भेटिएमा नियमअनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिने जनाएको  थियो । टेलिकमले फाइबर नेटको तारबाट करेन्ट प्रवाह हुन नसक्ने दाबी गर्दै आएको छ भने प्राधिकरणले आफ्नो नाङ्गो तारबाट टेलिकमले फाइबरको तार सुरक्षित नगरी घरसम्म पुर्याएको हुँदा दुर्घटना हुन सक्ने जनाएको छ ।

याे पनि पढ्नुहाेस: फाइबर नेटबाट प्रवाहित करेन्टले जिसीको मृत्यु, टेलिकम दोष पन्छाउँदै सम्पर्क बाहिर

सञ्जिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुबाले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाएको बताउँछन् । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भएको थियो ।

टेलिकम तथा विद्युत प्राधिकरणको समन्वय अभाव र गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गुमाउनु समाज तथा राज्यकै लागि दुःखद विषय हो ।

याे पनि पढ्नुहाेस: प्रहरीले ज्यानमुद्दा दर्ता गर्न नमानेपछि करेन्टपीडितले गृह मन्त्रालयमा निवेदन दिए

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३