विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
फाइबरनेटमा प्रवाहित करेन्टबाट भएको सन्जिप जिसी मृत्यु

काठमाडौं । नेपाल टेलिकमले सेवा पुर्याइरहेको फाइबरनेटबाट प्रवाहित करेन्टले मृत्यु भएका सन्जिप जिसीको मुद्दा प्रहरीले दर्ता गर्न नमानेपछि पीडितका आफन्तले गृह मन्त्रालयको ढोका ढक्ढक्याएका छन् । 

टेलिकमलाई दोषी ठहर गरी कारबाहीको माग राख्दै पीडितका पिता हिराबहादुर जिसीले गृह तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गरी निवेदन दर्ता गराएका छन् । 

जिसीका अनुसार प्रहरी वृत्त महाराजगंजमा ज्यान सम्बन्धिको जाहेरी दरखास्त दर्ता गर्न बारम्बार आग्रह गर्दा पनि बेवास्ता गरिएको र आजसम्म पनि दर्ता नगरि भपाई नदिई अनुसन्धान अघि नबढाएकोले सो जाहेरी दरखास्त तुरुन्त दर्ता गर्न गृह तथा उप–प्रधानमन्त्रीलाई निवेदन पेश गरेको हाे ।

स्थायी घर बाग्लुङ भएका सन्जिपको असार ४ गते बिहान मृत्यु भएको थियो । यसको सम्बन्धमा टेलिकमले जिम्मेवारी नलिएपछि परीवारले महाराजगंज प्रहरीमा उजुरी दिएका थिए । सञ्जिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुवा हरि जिसीले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाएको बताउँछन् । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भएको थियो ।

याे पनि पढ्नुहाेस्

टेलिकम गैरजिम्मेवार बनेपछि मृतकका आफन्तले गृह मन्त्री गुहार्दै

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३