विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गएको असार ४ गते महाराजगन्जमा फाइबर नेटमा प्रवाहित करेन्ट लागेर सञ्जिव जिसीको मृत्यु भएपछि नेपाल टेलिकमले निरन्तर यसको जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । फाइबर नेटको तारबाट करेन्ट प्रवाह हुन नसक्ने र मानवीय क्षति नपुग्ने भन्दै उसले फरक तर्क राखेको हो ।

जिसीको मृत्यु हुनु अगाडिदेखि उनको परिवारले विद्युतीय दुर्घटना हुन सक्ने भन्दै निरन्तर यसबारे जानकारी गराउँदा पनि टेलिकमले बेवास्ता गर्दै आएको थियो । मृत्यु भइसकेपछि निज जिसीको परिवारले महाराजगन्ज प्रहरीमा उजुरी दिए पनि टेलिकमले कुनै प्रतिक्रिया नदिएको मृतकका पिता हरि जिसीले ऊर्जा खबरलाई जानकारी दिए ।

प्रहरीमा उजुरी दिएपछि नेपाल विद्युत प्राधिकरणले कमजोरी भए सोही अनुसार क्षतिपूर्ति दिन तयार भएको छ । तर, टेलिकमले प्रहरीसँग सकारात्मक कुरा गरे पनि मृतकको परिवारलाई कुनै जवाफ नदिएको पनि मृतकका पिताले बताए । ‘प्राधिकरणका अधिकारीहरूले हामी नियमअनुसार मूल्यांकन गरेर क्षतिपूर्ति दिन्छौं, उजुरी फिर्ता लिनुहोस् भनेका छन्,’ उनले भने, ‘टेलिकमले कुनै प्रतिक्रिया नजनाएको हुँदा हामीले उजुरी झिकेका छैनौं ।’

याे पनि पढ्नुहाेस्ः टेलिकमले थापेको विद्युतीय धरापले ३० वर्षीय सञ्जिवको ज्यान लियो

टेलिकमले फाइबर नेटको तारबाट करेन्ट प्रवाह हुन नसक्ने दाबी गर्दै आएको छ भने प्राधिकरणले आफ्नो नाङ्गो तारबाट टेलिकमले फाइबरको तार सुरक्षित नगरी घरसम्म पुर्याएको हुँदा दुर्घटना हुन सक्ने जनाएको छ । उता मृतकको परिवारले न्यायका लागि निरन्तर प्रहरी कार्यालयको ढोका ढक्ढक्याइरहेको छ ।

टेलिकम तथा विद्युत प्राधिकरणको समन्वय अभाव र गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गुमाउनु समाज तथा राज्यकै लागि दुःखद विषय हो । सञ्जिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुवा हरि जिसीले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाएको बताउँछन् । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit