विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गएको असार ४ गते महाराजगन्ज निवासी सञ्जिव जिसीको घरमै करेन्ट लागेर मुत्यु भयो । कम्प्युटर सम्बन्धी प्राविधिक तालिम सकेर भर्खरै व्यावसायिक जीवन सुरु गरेका उनको सरकारका तालुक निकायको लापरबाहीका कारण ज्यान गएको छ ।

सञ्जिवको ज्यान त गयो नै सँगसँगै उनका बाबु–आमा र उनीसँग आश्रय लिने परिवारको दरिलो साथ पनि गुम्यो । एउटा लक्का जवान छोराको अल्पायुमै ज्यान जानु कतिको पीडादायी हुन्छ, त्यो आमा–बाबु र परिवारका सदस्यलाई मात्र थाहा हुन्छ ।

नेपाल टेलिकम तथा विद्युत् प्राधिकरणको समन्वय अभाव र गैरजिम्मेवारीका कारण एउटा निर्दोष युवाले ज्यान गुमाउनु समाज तथा राज्यकै लागि दुःखद विषय हो । सञ्जिवको मृत्यु हुनु अगाडिदेखि नै उनका बुवा हरि जिसीले निरन्तर टेलिकम तथा प्राधिकरणमा यसबारे गुनासो लेखाएको बताउँछन् । जिसी परिवारको निरन्तरको गुनासोपछि पनि समस्या समाधान भएन र टेलिकमको फाइबर नेटको तारबाट प्रवाहित करेन्ट लागेर सञ्जिवको मृत्यु भयो ।

घटना कसरी भयो ?

जिसी परिवारले करिब २ वर्षअघि घरमा टेलिकमको फाइबर नेट जडान गरेका थिए । टेलिकमका प्राविधिकले फाइबर नेटको तार प्राधिकरणको तारसँगै राखेर घरभित्र नेट जडान गरिदिएको थियो । त्यही बेला नै हरि जिसीले दुवै तार सँगसँगै लैजाँदा समस्या उत्पन्न हुने होकी भनेर जिज्ञासा राख्दा टेलिकमका प्राविधिकले केही समस्या नहुने भन्दै नेट जडान गरिदिएको जिसीले बताए ।

‘नेट जडान भयो, राम्रैसँग चलेको थियो, तर केही समय पहिलेदेखि सयम–समयमा तारहरूबाट आवाज आको जस्तो लाग्थ्यो, एमसिबी बन्द गर्दा बन्द हुन्थ्यो, यसको बारेमा प्राधिकरण र टेलिकम दुवैमा गुनासो गर्दापनि केही हुँदैन भन्ने प्रतिक्रिया आउथ्यो’ उनले भने ।

‘असार ४ गते बिहान पनि त्यसैगरी आवाज आयो, अरुबेला जस्तै एमसिबी बन्द गरे, आवाज रोकियो, त्यो बेला पनि टेलिकममा खबर गरे, उनीहरूले फाइबरको तार १२ भोल्टको हो करेन्ट लाग्दैन भने, त्यसपछि प्राधिकरणमा फोन गरे उठेन’ उनले ऊर्जा खबरसँग भने, ‘केही समयपछि फेरी त्यस्तै आवास आयो, छोरो र म दुवै नेटकाे तार नजिकै थियौं, झट्ट करेन्ट लागेको महसुस भएको थियो, त्यसपछि दुवै जना बेहोस भएछौं, मलाई होस आउँदा छोरो अचेत अवस्थामा नै थियो, नजिकैको टिचिङ अस्पतालमा लगियाे, चिकित्सकले मृत घोषणा गरे ।’

अस्पतालले रिपोर्टमा हाइ भोल्टेज करेन्टका कारण सञ्जिवको मृत्यु भएको पृष्टि गरेको छ तर, प्राधिकरण र टेलिकम दुवैले वास्ता नगरेको हरिले बताए । टेलिकमको वेवास्ताले सञ्जिवको ज्यान गएको हरिको भनाई छ । प्राधिकरण र टेलिकम दुवैले आफ्नो गल्ती नभएको भनेपछि प्रहरी चौकी, चक्रमथमा किटानी जाहेर गरेको बताए ।

महाराजगञ्ज क्षेत्र नेपाल टेलिकम, नक्साल अन्तर्गत पर्छ । यो घटनाको बारेमा केही खबर नआएको कार्यालय प्रमुख सुनिलकुमार कर्णले बताए । ‘यसको बारेमा हामीलाई केही खबर, गुनासो आएको छैन्, यसको अध्ययन अनुसन्धान गर्नेछौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्राधिकरणको तारमा हाइ भोल्टेजको बिजुली प्रवाह भइरहेको हुन्छ, प्राधिकरण र नेटको तार सँगै जोडेरै लाने गरेका छैनौं, त्यस्तो गल्ति नहुनपर्ने हो, यसको बारेमा बुझ्छु ।’

टेलिकमका प्राविधिकले फाइबरको तार प्राधिकरणको ११ केभी लाइनसँगै जोडेर लैजादाँ करेन्ट प्रवाह भई मृत्यु भएको अनुमान गर्न सकिने प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वल श्रेष्ठले बताए । ‘यसमा हाम्रो गल्ति देखिदैन, टेलिकमकै गल्ति देखिन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘११ केभीको नाङ्गो तारसँगै जोडर अर्को तार लगेपछि करेन्ट लागिहाल्छ नी ।’ पिडितले यसको बारेमा निवेदन दिएको छैन, निवेदन दिएको खण्डमा समिति गठन गरी, अध्ययन गरी, प्राधिकरणको गल्ति देखिएमा नियमानुसार क्षतिपूर्तिको दिइनेछ’ उनले भने ।

पछिल्लो समय प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर मानिसको मृत्यु हुने संख्या बढिरहेको छ । असार १२ गते (मंगलबार) मात्र प्राधिकरणकै लापरबाहीका कारण जुम्लामा १७ वर्षीय किशोरीको मृत्यु भएको छ । हावाहुरीले गर्दा खेतमा परेको बिजुलीको तार नहटाउँदा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit