काठमाडौँ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको छ ।
यस अफरको मुख्य विशेषता कुनै मर्मत सेवा शुल्क नलाग्ने, स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्म अतिरिक्त मूल्याङ्न र नया एसी खरिद गर्दा २० प्रतिशतसम्मको छुट दिने रहेको छ । यसमार्फत ग्राहकले जुनसुकै ब्राण्डको एसी एक्सचेन्ज गर्न सक्ने छन् ।
सीजी ब्रान्डका दक्ष तथा प्रशिक्षित मेकानिक्सहरूले एसी सेवा शिविर सञ्चालन गर्ने छन् र उनीहरूले नया एसीहरूको आदान–प्रदान र खरिदमा सहयोग गर्ने छन् । यसबाट, ग्राहकहरू गर्मीको झन्झटबाट मुक्त हुन सक्ने छन् । सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरूलाई सेवा सुविधाहरू दिँदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ । हाल, सीजी ब्राण्डका नेपालभर आफ्नै शोरुमहरू मार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आाएको छ साथै, भविष्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्मले सु–सज्जित सीजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाबाट पनि लिन सकिन्छ ।
सीजी मेरिडिया इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरुको उत्कुष्ट घरेलु उपकरण हो, जुन सीजी ब्रान्डको प्रिमियम सिरिजको सेग्मेन्ट हो । सीजी मेरिडियाले अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टता बढाएको छ । सीजी बाण्डमा उत्कुष्ट खोज्ने नेपाली उपभोक्ताका लागि अन्य विश्व प्रख्यात बाण्डको बराबरमा उपलब्ध गराएको छ ।