विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना आगामी जेठदेखि निर्माणमा जाने भएको छ । गोरक्ष हाइड्रो पावर कम्पनीले धादिङको आँखुखोलामा अघि बढाएको आयोजना अबको ३ महिनाभित्र निर्माणमा जान लागेको हो ।

आयोजनाको संरचनाको काम सुरु गर्नुअघि अहिले पहुँच सडक निर्माण भइरहेको कम्पनीका कार्यकारी निर्देशक रघुनाथ पुरीले बताए । उनका अनुसार पहुँच सडक आयोजनाको बाँध क्षेत्रसम्म पुगेपछि संरचना निर्माण गर्न सुरु गरिनेछ ।

‘हामीले गएको फागुनदेखि नै आयोजनाको काम सुरु गर्ने भनेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘पहुँच सडक निर्माण गर्न जग्गा प्राप्ति गर्न समय लागेकाले केही ढिलो भएको हो ।’ उनले संरचना निर्माणको काम अघि बढाउन ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए ।

ठेक्का आह्वान प्रक्रियामा सहभागी भई ‘प्रि क्वालिफाइड’ कम्पनीमध्येबाट नै अबको २ साताभित्रमा सिभिल ठेकेदार छनोट गरिने उनले जानकारी दिए । चीनको सिनो हाइड्रो, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन, टुन्डी कन्स्ट्रक्सन, पेगोडा कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन र गौरी पार्वती कन्स्ट्रक्सन कम्पनी ‘प्रि–क्वालिफिकेसनमा परेका छन् ।

यी मध्ये तोकिएको मापदण्ड पूरा गर्ने कम्पनीले नै आयोजनाको सिभिल संरचना निर्माण गर्ने ठेक्का पाउने पनि पुरीले बताए । सिभिलपछि हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फको ठेकेदार छनोट प्रक्रिया पनि टुङ्ग्याउने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान छ । यो आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापन भइसकेको छ । आयोजनामा प्रभु बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । १ अर्ब १४ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ ।

यो आयोजना २०८० सालभित्र सम्पन्न गरेर विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना महामारीका कारण १ वर्ष ढिलो गरी २०८१ सालभित्र सम्पन्न गरिने भएको छ ।आयोजना सम्पन्न भएपछि बोराङ सबस्टेसनमा जोडिनेछ ।

यसअघि २२० केभी त्रिशूली–३ ‘बी’ सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता गरिएको भए पनि विद्युतगृह नजिकै बोराङ सबस्टेसन बन्न लागेकाले यहीं जोडिने कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १३९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३