विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम ८२ प्रतिशत सकिएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेकाे हाे ।

आगामी दुई महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्यका साथ सबै क्षेत्रका काम एकसाथ अघि बढेकाे कम्पनीका वित्तीय व्यवस्थापक दिनेशराज पन्तले बताए । आयोजनाको सिभिल संरचनाको काम ९० प्रतिशत सकिएको छ ।

‘अहिले ३ हजार ७ सय ३५ मिटर लामो पाइप जडानको काम भइरहेको छ, चैतभित्र पाइप जडानकाे काम पूरा हुनेछ’, उनले ऊर्जा खबरसँग भने, ‘आयाेजनाकाे विद्युत जाेडिने  विद्युत २५ किलोमिटर  प्रसारण लाइनको काम पनि ४० प्रतिशत सकिसकेको छ ।’ 

आयाेजनाकाे सबै काम पूरा गरेर २०८० बैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेकाे पन्तले बताए । २०७७ देखि निर्माण सुरु गरेको उक्त आयोजनाको सबै संरचनाको काम सकिएपछि उत्पादन परीक्षण गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत उत्पादन गर्ने तालिका तोकेको थियो । तर, कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण कार्यमा धेरै प्रभावित हुँदा विद्युत उत्पादन अवधिमा १ वर्ष धकिलिएको थियाे । 

पछिल्लो तालिका अनुसार आयोजनाको सबै काम पुरा गरी २०७९ साउनभित्र विद्युत उत्पादन गर्ने योजना थियो तर सोचेअनुरुपको काम नभएपछि फेरी पनि प्रभावित भएको पन्तले बताए । नयाँ तालिका अनुसार फागुनभित्र विद्युत उत्पादन गर्नु पर्ने थियो तर यस वर्ष पनि आयोजनास्थल जाने सडक बाढीले बगाउँदा २०७९ जेठदेखि कात्तिकसम्म काम गर्न नपाउँदा थप प्रभावित भएकाे कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाढीले सडक बगाउँदा भन्सारमा रहेको उपकरण पुर्याउन नसकिएकोले उत्पादन तालिका प्रभावित हुँदै आएकाे हाे । तर,  अबको नयाँ तालिका भने प्रभावित नहुने उनकाे दाबी छ । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि विद्युत २५ किलोमिटर टाढा रहेको प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले आयोजना निर्माण गर्न २०७६ भदौ २६ गते विद्युत विकास विभागबाट उतपादन अनुमतिपत्र लिएको थियो । १ अर्ब ४४ करोड रुपैयाँ लाग अुनमान गरिएको आयोजनामा कुमारी बैंकको अगुवाई सांग्रिला डेभलपमेन्ट बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी, २५ प्रतिशत स्वँपूजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit