विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर सञ्चालनमा रहेका उद्योगले माग अनुसारको भोल्टेज लेभलमा विद्युत  लोड लिन पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगको आपूर्ति व्यवस्था दिगो र गुणस्तरीय बनाउन मागअनुसारको लोड दिन लागेको हो ।

प्रसारण तथा वितरण प्रणालीको सुधार गरी विद्युत आपूर्ति व्यवस्थापन नियमित गर्न उद्योगलाई मागे जति लोड दिने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो सुविधा पहिले नै निर्माण सम्पन्न भइसकेका तथा निर्माण पूरा भई सञ्चालनमा आउन लागेका सबै उद्योगले पाउने छन् ।

उद्योगले आवश्यकताअनुसार जुनसुकै भोल्टेज लेभलमा नयाँ लोड लिन पाउनुका साथै  पहिले नै लिएको भोल्टेज लेभलमा लोड थप गर्नसमेत सक्नेछन् ।
प्राधिकरणले नयाँ वा थप लोड लिन चाहने उद्योगले ७ दिनभित्र सम्पूर्ण विवरणसहित आवेदन पेश गर्नुपर्ने जनाएको छ ।आवेदन पेश गर्दा उद्योगीले नयाँ वा थप लोड लिन चाहाने उद्योगको नाम, ठेगाना, सम्पर्क नम्बर, कुन वितरण केन्द्रबाट सेवा लिने हो त्यसको विवरण खुलाउन भनिएको छ । य

यस्तै, माग गरेको लोड, एमभिए र भोल्टेज, केभी पनि उल्लेख गर्नुपर्नेछ । साथै, विद्युत आपूर्ति सुरु हुनुपर्ने मिति, उद्योगको पूर्वाधार निर्माणको अवस्था तथा सम्पन्न हुने मिति एवं पहिले नै विद्युत आपूर्तिका लागि प्राधिकरणमा आवेदन दिएको/नदिएकोबारे जानकारी, आवेदन दिएको भए मितिसमेत उल्लेख गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले उद्योगको भोल्टेज सुधार तथा माग अनुसारको विद्युत आपूर्ति व्यवस्थापन मिलाउन प्रसारण र वितरण लाइनको मर्मत एवं सबस्टेसनको स्तरोन्नति गर्दै आएको छ । उद्योगले माग अनुसारको विद्युत सेवा पाउने भएपछि ‘लो भोल्टेज’ को समस्या समाधान हुने प्राधिकरणको दाबी छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३