विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रयोगबिहिन अवस्थामा रहेका सवारी साधन लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको छ । प्राधिकरणले सम्पूर्ण निर्देशनालय तथा मातहतका आयोजनामा रहेका बेकम्बा एवं प्रयोगमा आउन नसकेका सबै प्रकारका सवारी साधनहरू लिलाममा राखी बाेल– कबाेल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

प्रयोगबिहिन अवस्थाका सवारी साधनको लिलाम बिक्री प्रक्रिया अघि बढाउन ‘लिलाम बिक्री मूल्याङ्कन समिति’ गठन भइसकेको प्राधिकरणले जनाएको छ । केशवराज वलीको संयोजकत्वमा गठित समितिले सबै निर्देशनालय तथा मातहतका आयोजनासँग लिलाम बिक्रीका लागि प्रयोगबिहिन अवस्थाका सवारी साधनको विवरण माग गरेको छ ।

समितिले लिलाम बिक्री प्रयोजनका लागि प्राधिकरणका निर्देशनालय तथा मातहतमा रहेका कार्यालय र आयोजनामा रहेका काम नलाग्ने सबै प्रकारका सवारी साधनहरूको विवरण मागेको हो । निर्देशनालय मातहतका कार्यालय तथा आयोजनालाई फागुन २६ गतेसम्ममा प्रयोग बिहिन सवारी साधनको विवरण समितिको कार्यालय रहेको सामान्य सेवा विभाग, सामान्य प्रशासन महाशाखामा उपलब्ध गराउन भनिएको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणका विभिन्न कार्यालय तथा आयोजनामा करोडौं मूल्य परेका सवारी साधन प्रयोगबिहिन अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit