विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न आगामी ६ वर्षमा करिब ५० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएकाे छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले विद्युत् आयाेजना, सबस्टेसन र प्रसारण तथा वितरण लाइन निर्माण गर्न उक्त परिमाणको लगानी आवश्यक पर्ने अनुमान गरिएको बताएका हुन् ।

एचआइडिसिएल र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा आयोजित ‘२८ हजार ५०० मेगावाट विद्युत् जलविद्युत् उत्पादनका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन र एचआइडीसीएलको तयारी तथा योजना’ विषयक नलेज सिरिज कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रतिमेगावाट २५ करोड रुपैयाँका दरले १७ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न ४४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ,’ उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन र प्रसारण तथा वितरण लाइनका लागि ५ खर्ब रुपैयाँ बढी लागत अनुमान गरेको छ । जलविद्युत्, सबस्टेसन र प्रसारण तथा वितरण लाइन निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी चाहिने देखिएको छ ।’

नेपालमा अहिलेसम्म २९२५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । ३१०३ मेगावाटका आयोजना निर्माणाधीन छन् भने ५००० मेगावाटका आयोजनाको वित्तीय स्रोत व्यवस्थापन भइसकेको जनाइएको छ । ‘हालसम्म करिब ११ हजार मेगावाटका आयोजनाको वित्तीय स्रोत सुनिश्चित भइसकेको छ । १७ हजार ५०० मेगावाटका लागि लगानी आवश्यक छ,’ उनले भने ।

आवश्यक लगानीमध्ये करिब ३७ खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउन सकिने समेत उनले बताए । ‘सार्वजनिक कोष, बैंक तथा वित्तीय संस्था, इन्स्याेरेन्स कम्पनी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, रेमिट्यान्स, एनआरएन फण्ड, निजी लगानीकर्ता र सर्वसाधारण लगायतबाट लगानी जुटाउन सकिन्छ’ उनले भने ।

बाँकी १३ खर्ब रुपैयाँ बहुपक्षीय वित्तीय संस्था, प्रत्यक्ष वैदेशिक लगानी, जलवायु कोष, कार्बन व्यापार जस्ता बाह्य स्रोतबाट व्यवस्थापन सकिने उनको भनाइ छ ।

‘सरकारले निर्धारण गरेको लक्ष्य हासिल गर्न आगामी ६ वर्षभित्र लगानी स्रोत सुनिश्चित हुनुपर्छ, विद्युत् खरिद सम्झौता, ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न हुनुपर्छ, होइन भने सरकारले लिएकाे लक्ष्य पूरा गर्न असम्भव हुन्छ’ उनले भने ।

नेपालको बैंकिङ क्षेत्रले करिब ३२२ अर्ब रुपैयाँ जलविद्युत् र अन्य नवीकरणीय ऊर्जामा लगानी गरेका छन् । यो बैंकहरूले गरेको कुल लगानीको करिब ६ प्रतिशत हो । नेपाल राष्ट्र बैंक लगानी दर १० प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ ।

ऊर्जा क्षेत्रमा लगानी बढाउन लगानी मोडालिटी परिवर्तन गर्न जरुरी रहेको पनि उनले बताए । ‘अहिलेसम्म पूर्वाधार निर्माणमा परम्परागत वित्तीय मोडालिटी लागु छ । यसले अहिलेको आवश्यकता परिपूर्ति गर्न सक्दैन्,’ उनले भने, ‘अब, नवीनतम वित्तीय मोडालिटी, ब्लेन्डेड फाइनान्स, ग्रिन बन्ड, हेजिङ लगायतमा जानुपर्छ, दीर्घकालीन लगानी गर्नुपर्छ ।’

यसैगरी, सरकारले निर्धारण गरेको लक्ष्य पूरा गर्न एचआइडीसीएलले नोडल एजेन्सीको रूपमा काम गर्नसक्ने पनि गौतमले बताए । एचआइडिसिएलले दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि समन्वय र सहकार्य गर्न सक्नेछ ।

अहिले करिब ९ हजार मेगावाटका आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) काे चरणमा छन् । ८ हजार ७६० मेगावाटका आयोजनाले उत्पादन अनुमति लिइसकेका छन् भने ८ हजार ६१८ मेगावाटका आयोजना अध्ययनका चरणमा छन् । ४ हजार ६०० मेगावाटका आयोजना भारतीय कम्पनीले अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३