विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत उत्पादन जेठमा धकेलिएको छ । आयोजनाको परीक्षण पूरा गर्न समय लाग्ने भएकाले विद्युत उत्पादन अवधि पनि धकेलिएको हो ।

आयोजनाको सबै चरणको परीक्षण पूरा गरेर विद्युत उत्पादन सुरु गर्न अझै ३ देखि ४ साताको समय लाग्ने प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘सकेसम्म बैशाखभित्र तामाकोसीको ७६ मेगावाट प्रणालीमा जोड्ने हाम्रो लक्ष्य हो,’ उनले ऊर्जा खबरसँग भने, ‘काम गर्दै जाँडा जेठ पहिलाे सातासम्म लम्बिन सक्छ ।’

उनले आइतबार (बैशाख १२ गते) देखि मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्न सुरु गरिने पनि बताए । उनले चाँडोमा आइतबारदेखि र ढिलोमा मंगलबारभित्र सुरुङ परीक्षण सुरु गर्ने तयारी भइरहेको बताए । 

बाँध र डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) को सफल परीक्षण पूरा भइसकेको छ । उनले सुरुङमा पानी भरेर परीक्षण गर्न १० दिनको समय लाग्ने बताए । यो अवधिमा मुख्य सुरुङमा कुनै समस्या भए/नभएको हेरिनेछ । चुहिने वा अन्य प्रकारको समस्या देखिएमा सुरुङ खाली गरेर मर्मत गरिनेछ ।

सुरुङको सफल परीक्षणपछि मात्रै आयोजनाको विद्युतगृहमा पानी खसालेर परीक्षण उत्पादन सुरु गरिने श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

बाँकी ५ युनिटको विद्युत पनि चालू आर्थिक वर्षभित्र प्रणालीमा जोडिनेछ ।आयोजनाको विद्युत प्रवाह हुने गोंगर–न्यू खिम्ती प्रसारण लाइन पनि पूरा भइसकेको छ । अहिले आयोजनाको मुख्य सुरुङबाट विद्युतगृहसम्म आउने पानी टर्वाइनमा खसाल्नुअघिको उच्च गति व्यवस्थापन गर्न वेल्डिङको काम भइरहेको छ । आइतबारसम्ममा वेल्डिङको काम पूरा गर्ने योजना छ ।

२०६८ सालमा निर्माण सुरु भएको आयोजना झण्डै १० वर्षमा पूरा हुन लागेको हो । आयोजनाबाट २०७२ सालदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, पहिरो र कोरोना (कोभिड–१९) महामारीको असर तथा ठेकेदारको ढिलासुस्तीले निर्माण अवधि लम्बिएको हो । स्वदेशी पुँजीमा निर्माण भएको आयोजनाको विद्युत उत्पादन अवधि लम्बिँदा लागत पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३