विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती आंशिक जलाशय जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले तनहुँ जिल्लामा पहिचान भएको आयोजनाको जग्गा प्राप्तिको काम अघि बढेको हो ।

यो आयोजना तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले निर्माण गर्न लागेको हो । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको कम्पनीले सार्वजनिक गरेको मासिक प्रतिवेदनमा उल्लेख छ ।

जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने कम्पनीले जनाएको छ ।

निर्माणाधीण १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको टेलरेसबाट १८ किलोमिटर तल्लो तटिया क्षेत्रमा अवस्थित बन्दीपुर गाउँपालिकाका वडा नम्बर ६ तथा देवघाट गाउँपालिका वडा नम्बर ३ मा अवस्थित साराङ्गघाट नजिक सेती नदीमा आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको ३२ मिटर अग्लो बाँध निर्माण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पानीको प्रवाहलाई देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ हुँदै जाने ६.८ किलोमिटर लामो सुरुङग मार्ग मार्फत नदीको प्रवाहलाई फर्काइ त्रिशुली र सेती नदीको संगमदेखि करिब १.५ किलोमिटर तल्लो तटिया क्षेत्रमा पर्ने देवघाट गाउँपालिका वडा नम्बर ४ मा त्रिशुली  नदीको दाया किनारामा बन्ने विद्युत्‌गृहमा पानीलाई खसालीनेछ ।

देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उत्पादित विद्युत तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।

आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ । २०८१ मा ठेक्का निकालेर निर्माणमा जाने योजना रहेको कम्पनीले जनाएको छ । यो आयोजनाबाट वार्षिक सरदर ५२१ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit