विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखास्थित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना शुक्रबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । विद्युत प्रवाह हुने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा आएपछि आयोजनाबाट उत्पादन सुरु हुन लागेको हो ।

अहिले आयोजनाको आन्तरिक परीक्षण भइरहेको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । ‘हाम्रो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादनको तयारी अवस्थामा थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइन पनि तयार भएकाले सम्भव भएसम्म आजैबाट प्रणालीमा जोड्ने तयारी भइरहेको छ ।’

परीक्षण उत्पादन सुरु गर्न नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आयोजना स्थलमा पुगेको उनले बताए । आयोजनाले अबकाे १५ दिनसम्म परीक्षण उत्पादन गरी विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । 

परीक्षण उत्पादनको चरण पूरा भएपछि साउन दोस्रो सातादेखि व्यापारिक विद्युत उत्पादन सुरु हुने पनि उनले बताए । प्रसारण लाइनको समस्याले डेढ वर्षअघि नै निर्माण सम्पन्न भएको आयोजनाले विद्युत उत्पादन गर्न सकेको थिएन ।

प्रसारण लाइनको समस्याले यो अवधिमा विद्युत बिक्रीबाट हुने करिब १ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको लामिछानेले दाबी गरे । विद्युत बिक्री गर्न नपाउँदा बैंकको ब्याज बढेर आयोजनाको लागत पनि बढेको उनले बताए ।

विद्युत प्रणालीमा जोडिएपछि आयोजनाले वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्नेछ । आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन १२ वर्षमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।

निर्माण सुरु भएदेखि नै विवाद, झमेला एवं अनेक समस्या झेल्दै प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएको हो । सिंगटीसँगै यस क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत जोडिने संरचना तयार भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३