विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेको छ । वर्षाैदेखि अन्धकारमा बस्दै आएको गाउँमा बिजुली पुगेकाे हाे । बिजुली बल्न थालेपछि स्थानीयवासी खुसी भएका छन् ।

स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरणm लहान वितरण केन्द्रले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पुर्याएको केन्द्रले जनाएको छ । बस्ती बसेदेखि लालटिन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी गाउँबस्तीमा बिजुली बल्न थालेदेखि खुसी मनाइरहेको बताएका छन् ।

वर्षाैदेखि बिजुलीको सुविधाबाट वञ्चित ती बस्तीमा विद्युतीकरण कार्य सुरु भएसँगै पहिलो चरणमा खुट्टीखोला, मराइनको सबै र राईरैनीको केही भागमा बिजुली बत्ती बल्न थालेको केन्द्र प्रमुख जीतेन्द्र यादवले बताए ।

सो वडाको दुर्गममा पर्ने पोलार, मैनामैनी, तोरिबारी, राईरैनी, अम्बासे, मोतिश्री, चट्टान, जामुनटार, डल्मेलगायतका गाउँ बस्तीमा बिजुली पुर्याउन चालु आर्थिक वर्षमा  ५ करोडको लागतमा विद्युतीकरणको कार्य सुरु गरिएको प्रमुख यादवले बताए । तीमध्ये तीन बस्तीमा बिजुुली बल्न थालेको र बाँकीमा यसैवर्षभित्र विद्युतीकरणको लागि बोलपत्र भइसकेको प्रमुख यादवको भनाइ छ ।

‘बिजुलीका लागि विगत १ दशकदेखि विद्युत् प्राधिकरणमा गुहार्दै आएका थियौं’ स्थानीयवासी दिलीप लामाले भने, ‘तर दुर्गममा बस्ती छ, त्यहाँ विद्युतीकरण गर्न समस्या हुन्छ भन्दै सम्बन्धित निकाय पन्छिदै आएको थियो ।’ अहिले बल्ल बस्तीमा झिलिमिली बत्ती बल्न थालेको छ, यसका कारण हामीलाई सहज भएको लामाको भनाइ छ ।

‘गाउँमा बिजुलीको सुविधा नहुँदा वर्षाैदेखि स्थानीयवासी लालटिन र टुकी बालेर रात बिताउँदै आएका थियौं’, सिरहाको धनगढीमाई नगरपालिका–१४ मराईनका स्थानीयवासी सूर्य मगरले भने, ‘ढिलै भए पनि गाउँमा बिजुली पुगेको छ, यसका कारण गाउँ झिलिमिली बनेको छ र अब हामीलाई सहज भएको छ ।’ बिजुली नुहँदा समान्य मोबाइल चार्जका लागि पनि धनगढी बजार धाउनुपर्ने बाध्यता बाटसमेत अब मुक्त भएको उनको भनाइ छ ।

विद्युत सुविधा पुगेपछि आयआर्जनका विभिन्न कामहरू सुरु भएको छ । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा स्थानीयवासी दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित भएको लामाले बताए ।

दुर्गम मानिएको ती बस्तीमा बिजुली पुर्याउन लामो प्रयासपछि बल्ल बिजुली ल्याउन सफल भएको धनगढीमाई नगरपालिका–१४ का वडाध्यक्ष अमित ठकुरीले बताए । ‘अत्यन्तै विकट ती गाउँबस्तीका स्थानीयवासीको प्रमुख माग नै बिजुली थियो’, उनले भने, ‘बाटोघाटो र यातायातको पहुँच नपुगेका यी बस्तीमा कसरी बिजुली ल्याउने भन्नेमा ठूलो चिन्ता थियो ।’

तर विद्युत प्राधिकरणसँग पहल गरेर बिजुली ल्याउन सफल भएको खुसी लागेको उनको भनाइ छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब १० किलोमिटर उत्तर चुरे जङ्गल नजिकै रहेको सो वडाको करिब एक दर्जनबस्ती छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit