विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रतिनिधिसभाका उम्मेदवार तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो १५ महिने कार्यकालमा राष्ट्रिय स्तरमा देखिने गरी धेरै काम गरेको बताएकी छन् । बाम–लोकतान्त्रिक गठबन्धन ललितपुर ३ नम्बर निर्वाचन क्षेत्रको घोषणापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा जिल्लादेखि राष्ट्रियस्तरसम्म कयौं कामहरू भएको बताएकी हुन् ।

उनले ग्वार्को–सातदोबाटो–एकान्तकुनामा निर्माण गरिने फ्याइओभरको अध्ययन देखि पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा विद्युत निर्यात गर्न सुरु गरेकी छन् ।

राष्ट्रिय स्तरमा भएका कामहरू

१) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विकासे मन्त्रालय मध्येको सबैभन्दा धेरै पूँजीगत खर्च गर्ने मन्त्रालय बनाउन सफल,

२) गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै ७३५ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सफल,

३) २० युनिटसम्म ग्राहकलाई निःशुल्क विद्युत,

४) १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि कम्पनी स्थापना,

५) सिँचाइमा खपत हुने विद्युत महसुलमा ७५ प्रतिशतसम्म छुट,

६) विद्युतीय सवारीका लागि देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण,

७) सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङमार्ग खन्न सुरु,

८) जलविद्युतको प्रयोगबाट नेपालमै हरित हाइड्रोजन र रसायनिक मल उत्पादनका लागि पूर्वसम्भाव्यता अध्ययन गरी काम अघि बढाइएको,

९) गुणस्तरीय विद्युत प्रवाह तथा वितरणका लागि उच्च क्षमताका सबस्टेसन निर्माण

१०) विश्वकै उच्च स्थान ८८१० मिटर उचाइमा वेदर स्टेसन स्थापना गरी जलवायु परिवर्तनको तथ्याड्क सङ्कलन सुरुवात,

११) पहिलो पटक नेपालको विद्युत अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु

१२) देशको ९५ प्रतिशत जनतामा विद्युत सेवा विस्तार,

१३) ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत जोडौँ’ भन्ने अभियानबाट विद्युत खपतमा गुणात्मक वृद्धि,

१४) ‘पहिले विद्युत उज्यालोका लागि, अबको विद्युत उज्वल भविष्यका लागि’ लागि भन्ने अभियान सञ्चालन,

१५) विद्युत वितरण विनियम परिवर्तन गरी विद्युत खपत र ग्राहकमैत्री बनाइएको,

१६) अपार्टमेन्टमा बस्नेले पनि छुट्टै मिटर जोड्न सक्ने व्यवस्था,

१७) १०६१ मेगावाट क्षमताको अप्पर अरुण आयोजनामा हुने स्वदेशी लगानी सुनिश्चित ।

मन्त्रि भुसालको नेतृत्वमा ललितपुरमा भएका कामहरू

१) बाग्मती, नख्खु र कर्मनासा कोरिडोरको निर्माण कार्य सुरु,

२) पार्क तथा सार्वजनिक भवनहरूको निर्माण (गुठी भवनहरू, कवर्ड हलहरू, ठेचो र हरिसिद्धि सार्वजनिक भवन, छयासीकोट सभागृह, कुसुन्ती पार्क, धोविघाट पार्क, सहिद तथा बेपत्ता पार्क, चापागाउँ पार्क, मगर समाज भवन लगायत)

३) भोर्लेकुलो, खोकना राजकुलो, हरिसिद्दि राजकुलो, दारे–गङ्गामाइ राजकुलो, ठेचो–सुनाकोठी राजकुलो, इखुढ–चपेढ–माखढ राजकुलो (गोदावरी) सहित ११ वटा राजकुलो, हरिसिद्दि, बढीखेल, माल्टा र इकुडोलमा लिफ्ट सिँचाइ पुननिर्माण,

४) बालकुमारी–ओखातबस्ती जोड्ने, कार्यविनायक–मछिन्द्रबाहाल जोड्ने झोलुङ्गे पुलको पुनःनिर्माण,

५) अष्टभुजा देवी मन्दिर–सैंबू हाइट, खोकाना दोबाटो–बसपार्क–कार्यविनायक, ललितपुर महानगर–१८ वडा कार्यालय अगाडि–इनार–जारकाटे दोबाटो बुङ्गमति, बुङ्गमति–फर्सीडोल–डुकुछाप हुँदै माल्टा जोड्ने सडक लगायत निर्माण तथा स्तरोन्नती,

६) धापाखेल, कार्यविनायक, सुनाकोठी, चापागाउँ, लेले, हरिसिद्दि, हात्तीवन, सैंबु, भैसेंपाटी, बागडोल, पाको, वाग्मतीनदी, नख्खुखोला, कर्मनासा महादेवखोला लगायतमा नदी तथा पहिरो नियन्त्रण,

७) खोकनास्थित रुद्रायाणी मन्दिर, रातो मिच्छीन्द्रनाथ, भीमसेनलगात सम्पदाहरू पुन निर्माण,

८) सुनाकोठी, खोकना, बुड्मति लगायतमा महिला सशक्तिकरणका कार्यहरू,

९) खारेज भएको सडक डिभिजन कार्यालयको पुनः स्थापना,

१०) खोकनामा नागरिक स्वास्थ्य सेवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण,

११) बत्सलादेवी खानेपानी आयोजनामा सैंबूको खानेपानी समस्या समाधानसहित अन्य खानेपानीका आयोजना अगाडि बढाइएको छ । फर्सीडोल, फैंचा खानेपानी व्यवस्थापन, सिद्धिपुर खानेपानी मुहान संरक्षण, गोदावरी खानेपानी ट्याड्की संरक्षण ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit