विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको कामको गति कोरोना (कोभिड–१९) महामारी सुरु हुनुअघिकै अवस्थामा फर्किएको छ । आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सबै काममा फर्किएकाले निर्माणले गति पाएको हो ।

अहिले निर्माणको गति २०७६ चैतअघिको अवस्थामा फर्किएको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए । ‘कोरोना महामारीको पहिलो लहर सुरु भएदेखि नै आयोजनाको कामको गति सुस्त बनेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘दोस्रो लहरसम्म आइपुग्दा आयोजनामा कार्यरत चिनियाँ र नेपाली गरी १०८ जना कर्मचारी र कामदार संक्रमित हुँदा फेरि कामलाई गति दिन सकिएको थिएन । सबै कामदार र कर्मचारीले कोरोना विरुद्धको खोप लगाइसकेकाले निर्माण गतिलाई पुरानै लयमा फर्काउन सफल भएका छौं ।’

सानिमा हाइड्राे समूहकाे सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गरेकाे आयोजनाको आधाभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । बाँध, सुरुङ, विद्युतगृहलगाएत सबै संरचनाकाे काम अघि बढेकाे छ ।

अहिले आयोजनाको प्रवर्द्धक कम्पनी र चिनियाँ ठेकेदारकोतर्फका गरी ५ सय जना कर्मचारी तथा कामदार निर्माणमा खटिएको पनि उनले बताए । भखैरै आयोजनाको कामले तीव्रता पाएकाले करिब १ महिनापछिबाट मात्रै यसको नतिजा देखिने उनले बताए ।

आयोजनाबाट २०७९ साल पुसभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका छ । तर, कोरोना महामारीको प्रभाव तथा लामो समय कामदार अभावमा निर्माणले गति नपाउँदा विद्युत उत्पादनको तालिका पनि धकेलिने देखिएको छ ।

आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको लागत केही बढेर १३ अर्ब पुग्ने देखिएको हो ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट, कृषि विकास, लक्ष्मी, सिदार्थलगायत ८ बैंकले ९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक ९ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ । सानिमा समूहले मध्यतमोरसँगै अहिले २८.१ मेगावाटको तल्लो लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना पनि निर्माण गरिरहेको छ । यसअघि निर्माण सम्पन्न भएका २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन् ।                                                                                 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३