विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङ र गोरखाको सीमामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको भौतिक संरचनाको काम ६० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको ११ महिनामा आयोजनाको आधाभन्दा बढी काम सकिएको हो ।

आयोजनाका सबै भौतिक संरचनाको निर्माण एकसाथ अघि बढेको प्रवर्द्धक आशुतोष इनर्जी कम्पनीका अध्यक्ष मोहनबिक्रम कार्कीले बताए । उनका अनुसार सबैभन्दा बढी प्रगति बाँध क्षेत्रमा भएको छ ।

बाँध क्षेत्रका संरचनामा ७० प्रतिशत बढी काम सम्पन्न भइसकेको उनले बताए । ‘निर्माण सुरु गरेदेखि नै बिना अवरोध आयोजनामा काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँधपछि विद्युतगृह र पाइपलाइनको निर्माण क्रमशः ५० र २५ प्रतिशत सम्पन्न गरेका छौं ।’

खोलाको पानी विद्युतगृहमा खसाल्न ३३ सय मिटर लामो पाइप लाइन बिछ्याउने काम भइरहेको छ । विद्युतगृहको भौतिक संरचना तयार भएपछि इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुने कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृहमा अष्ट्रियास्थित ग्लोबल हाइड्रो कम्पनीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछन् ।

कोरोना (कोभिड–१९) महामारीकाबीच पनि बिना अवरोध निर्माण जारी राखिएकाले ११ महिनामै आधाभन्दा बढी काम सकिएको पनि उनले बताए ।२०७७ असोजदेखि आयोजना स्थलमा काम सुरु गरिएको थियो ।

आयोजनाबाट आगामी (२०७८) फागुन ९ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका छ । तोकिएको तालिका अनुसार नै आयोजनाले विद्युत उत्पादन सुरु गर्ने कार्कीले बताए ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेनमा जोडिनेछ । विद्युगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने २१ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ एनएमबी बैंक एक्लैले लगानी गर्न गरेको छ । 

सुपर माई, सुपर माई ‘ए’, सुपर माई क्यासकेडलगायत जलविद्युत आयोजनाको सफल निर्माण गरेको समूहले चेपे खोला पनि निर्माण गरिरहेको हो । यी ३ वटै आयोजना विद्युत प्राधिकरणले दिएको तालिकाभन्दा अगाडि नै सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएका थिए ।

प्रतिमेगावाट लागतका हिसाबले यो आयोजना करिब १७ करोड ३८ लाख रुपैयाँमा पूरा गर्ने लक्ष्य छ । पछिल्लो समय वित्तीय व्यवस्थापन भएका मध्ये यो सम्भवतः सबैभन्दा सस्तो आयोजना हो । अहिले जलविद्युतको प्रतिमेगावाट लागत २० देखि २५ करोड रुपैयाँसम्म पुगिसकेको छ । आयोजनाबाट वार्षिक ५१.५७ गिगावाट घन्टा (५ करोड १५ लाख ७० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit