विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३ मेगावाटको मध्य मैलुङ जलविद्युत आयोजना निर्माण हुने भएको छ । बागमती प्रदेशको रसुवा जिल्लामा पहिचान भएको आयोजना माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले अघि बढाउन लागेको हो ।

निर्माणााधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको क्यासकेड मध्य मैलुङ  निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७३ माघ १८ गते विद्युत विकास विभाग, तत्कालिन ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन सर्वेक्षण अनुमति लिई आयोजनाको प्रारम्भिक वातवरणीय परीक्षण प्रतिवेदन तयार पारिएको छ ।

मस्यौदा  प्रतिवेदनलाई मूर्तरुप दिन सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको पनि कम्पनीले जनाएको छ । आगामी १५ गते (सोमबार) हुने कार्यक्रममा सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया प्रदान गर्न सार्वजनिक आह्वान गरेको छ ।

आयोजनाको सम्पूर्ण संरचना उत्तरगंगा गाउँपालिकाको दायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । माथिल्लो मैलुङको निकास नहरबाट निस्कने अधिकतम ३.५३ घनमिटर प्रतिसेकेण्ड बहावलाई खोलाको दायाँ किनारमा बनाइने चापपोखरीमा संकलन गरी मध्य मैलुङ खोला जलविद्यूत आयोजनामा प्रयोग गरिनेछ ।

चापपोखरीबाट सुरुङभित्र पानी खसाल्न ६४ मिटर लामो हेडरेस पाइप प्रयोग गरिनेछ । १.५२ किलोमिटर लामो सुरुङमार्ग र ६९५ मिटर लामो पेनस्टक पाइप मार्फत विद्युतगृहमा अवस्थित २ वटा टर्वाइनमार्फत विद्युत उत्पादन गरिनेछ । 

आयोजनाबाट वार्षिक ७५.९८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत करिब २.४ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन मार्फत माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको स्विचयार्डमा पुर्याईनेछ । यहाँबट नुवाकोटमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्री‘बी’ हब सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit