विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मोदी गाउँपालिकाको वडा नम्बर २ मा निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको डिजाइन परिवर्तन हुने भएको छ । आधा भन्दा बढी निर्माण पूरा भएकाे आयोजनाको डिजाइन परिवर्तन गर्न लागिएको हो ।

आयोजनाको विद्युतगृह निर्माणका लागि प्रस्तावित स्थलभन्दा दक्षिणतिर सार्ने गरी डिजाइन तयार पारिएको प्रवर्द्धक मादमे हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको साविकको संरचनामा नदीको दाहिने तर्फ टनेल निर्माण गर्नुपर्ने हुन्छ ।

टनेल निर्माण गर्दा दुई साइडबाट मात्र काम गर्न सकिने तथा टनेल र अडिट निर्माण गर्न भौगोलिक कठिनाई हुने भएकोले नदीको देर्बे किनारातर्फ टनेलको सट्टा हेडरेस पाइप निर्माण गर्ने गरी संरचना तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको विद्युतगृह र हेडरेस पाइपमा परिववर्तन हुँदा पेनस्टक अलाइनमेन्ट समेत परिवर्तन हुने जनाइएको छ । कम्पनीले आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार गरी विद्युत विकास विभागमा दिएको छ ।

यो आयोजनाको काम ५४ प्रतिशत पुरा भएको छ । अहिले आयोजनाको बाँध, पानीमार्ग, विद्युतगृहलगायत सबै क्षेत्रको काम तिव्र गतिमा अघि बढेको छ । कम्पनीले २०७७ असार ३ गते विभागबाट उत्पादन अनुमति पाएपछि काम अघि बढाएको थियो । तर, २०७८ को बर्खायाममा आएको बाढी र पहिरोका कारण काम रोकिएको थियो ।

आयोजनाको सबै काम पूरा गरेर २०८० भित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य थियो । तर, बाढी पहिरो, कोरोना महामारीलगायतका विविध कारणले गर्दा प्रभावित भएको कम्पनीले जनाएको छ । नयाँ तालिका अनुसार डेढ वर्ष (२०८१ भदौभित्र) सबै काम पूरा गरी उत्पादन सुरु गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष, एनआइसी एसिया र प्रभु बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी २५ प्रतिशत स्वपूँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit