विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर बागमती हाइड्रो पावर कम्पनीले बागमती नदीमा ४१.८६ मेगावाटको जलविदुत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बागमतीको पानी उपयोग हुने गरी सुपर तल्लो बागमती जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र  प्राप्त हुने गरी राय/सुझाव  पठाउन सरोकारवालसँग  समक्ष  आग्रह गरेको छ  ।

विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालाले पठाउन सक्ने विभागले जनाएको छ । आयोजना बागमतीको पानीको मुख्य स्रोत तथा खानी खोलालगायत सहायक खोलाबाट बगेर आएको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ ।

अनुमतिपत्र पाएपछि वित्तीय स्रोत जुटाएर आयोजनाको संरचना निर्माणको काम अघि बढाउँने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संचनाको काम सुरु गरेको ५ वर्षमा निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु हुनेछ ।

आयोजनाको बाँध ललितपुर जिल्लामा रहने गरी डिजाइन तयार पारिएको छ ।  आयोजनाको साढे ६ किलोमिटर मुख्य सुरङसहित ८ किलोमिटरभन्दा बढी जलमार्ग रहनेछ । विद्युत गृह भने मकवानपुरमा रहनेछ । आयोजना सम्पन्न गर्न करिब साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना पूरा भएपछि वार्षिक २४३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चन्द्रनिगाहापुर सवस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

२०७४ मा अध्ययन अनुमतिपत्र पाएको आयोजनाले अध्ययनको सबै काम सकेर आयोजना निर्माणको चरणमा पुगेको हो । यही खोलामा माण्डु हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको २२ मेगावाटको बागमती  जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३