विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको बिगू गाउँपालिका–१ लामाबगरमा अवस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आज (कात्तिक ८ गते) देखि एक हप्तासम्म विद्युत उत्पादन बन्द हुने भएको छ । एक वर्ष अघिदेखि पूर्ण क्षमतामा नियमित विद्युत उत्पादन थालेको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना पहिलो पटक यति लामो समय बन्द हुन लागेको हो ।

आयोजनाको नियमित निरीक्षण तालिका अनुसार जलाशय र सुरुङको पानी खाली गरेर प्राविधिक परीक्षण गर्न लागिएको छ । अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार पूर्ण प्राविधिक परीक्षण गर्न ८ देखि १० दिनसम्म लाग्नेछ । आयोजनाको बाँध र सुरुङमा जम्मा भएको पानी खाली गर्न २ दिन लाग्छ । पानी खाली गरेपछि बाँध, बालुवा थिग्र्याउने पोखरी, सुरुङ, विद्युतगृहका सिभिल संरचना, जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेसन सबैको निरीक्षण गर्ने कार्यतालिका रहेको छ । निरीक्षणका क्रममा कतै समस्या देखिए तत्काल मर्मत गरिनेछ । 

लक्ष्मीपूजाको दिन घरघरमा बत्ति बालिने हुनाले सबैभन्दा बढी विद्युत आवश्यक पर्छ । यही बेला देशको सबैभन्दा ठूलो जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । अहिलेको उत्पादन भारत निर्यात गरेर पनि २ सय मेगावाट विद्युत खेर गएकाले तामाकोसीको उत्पादन बन्द भएर पनि खासै असर नपर्ने श्रेष्ठले बताए ।  प्राविधिक निरीक्षणपश्चात् पनि बाँध, पोखरी र सुरुङमा पानी भर्न २ दिन लाग्ने बताइएको छ ।

प्राविधिक निरीक्षणका लागि ३ विदेशी परामर्शदाता सहित आयोजनाका सम्पूर्ण प्राविधिक कर्मचारीहरू आयोजनास्थल खटिइसकेका छन् । गत असोज १ गते पनि आयोजनाको बाँध सफाइ गर्नका लागि एक दिन आयोजनाको उत्पादन बन्द गरिएको थियो ।

प्राविधिक परीक्षणका क्रममा तामाकोसी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँपुल, किर्ने, खिम्ती सहित सिन्धुलीको खुर्कोट सुनकोसी नदीको दोभानसम्मै नदीमा पानीको सतह बढ्ने घट्ने चक्र भइरहने हुन्छ ।

उक्त अवधिभर तामाकोसी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न÷नगराउन आयोजनाले अनुरोध गरेको छ । नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न÷गराउनसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३