विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा बग्ने पिलुवा खोलामा ४ जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएका यी आयोजनाबाट करिब २५ मेगावाट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।

विद्युत् विकास विभागका अनुसार त्यहाँ पहिचान भएका आयोजनाहरूमा १०.३ मेगावाटको डाउन पिलुवा, ४.७२ मेगावाटको अप्पर पिलुवा खोला–२, ४.९९ मेगावाटको अप्पर पिलुवा हिल्स स्मल र ४.९५ मेगावाटको अप्पर पिलुवा–३ छन् । यस खोलामा अनुमतिपत्र लिएका मध्ये सबैभन्दा ठूलो आयोजना डाउन पिलुवा हो ।

डाउन पिलुवा रिभर फल्स कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सकिएको जनाइएको छ । बाँकी काम सम्पन्न गरेर अबको एक वर्षभित्र आयोजनाबाट विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

१ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

आयोजनाबाट उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।
यसैगरी, मावीलुङ इनर्जी कम्पनीले निर्माण गरिरहेको ४.९५ मेगावाटको अप्पर पिलुवा–३ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ९३ करोड ७०  लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत अर्थात् २८ करोड ११ लाख रुपैयाँ स्वपुँजी लगानी छ ।

२०७५ चैत्र १२ गते विद्युत् खरिद सम्झौता (पिपिए) भएको आयोजनाबाट वार्षिक २८.४१७ गिगावाट घन्टा विद्युत् हुनेछ । ४.७२ मेगावाटको अप्पर पिलुवा खोला–२ जलविद्युत आयोजना निर्माण भईरहेको छ । मेन्छीयाम हाइड्रोपावर कम्पनीले अघि बढाएको आयोजनाका लागि विभागले २०७२ पुस ३ गते उत्पादन अनुमति दिएको थियो ।

८५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनबी बैंक र नेपाल बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत पनि बानेश्वर सबस्टेसनमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (प्रसारण सम्झौता) भएको छ ।

मिल्के जलजले हाइड्रो पावर कम्पनीले अगाडि बढाएको ४.९९ मेगावाटको अप्पर पिलुवा हिल्स स्मल निर्माण गर्न विभागले २०७५ पुस २३ गते उत्पादन अनुमतिपत्र दिएको थियो । पिलुवा खोलामै मेन्छीयाम हाइड्रो पावरले ७.७ मेगावाटको अप्पर पिलुवा–१ को अध्ययन पूरा गरी उत्पादन अनुमतिपत्र लिन विभागमा आवेदन दिएको छ ।

हाल यही खोलामा करिब ४ मेगावाटका दुई आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको ३ मेगावाटको पिलुवा खोलाबाट २०६० असोज १ गतेदेखि उत्पादन भइरहेको छ । यस्तै, ०.९९० मेगावाटको लोअर पिलुवाले २०६८ साउन १ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit