विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न संघ संस्था तथा प्रतिष्ठानहरूमा रहेको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) शीर्षको रकम ‘उज्यालो सहर’ अभियानमा खर्च गर्न अनुरोध गरेको छ । सहरी सुन्दरता प्रवर्द्धन गर्ने उद्देश्यले प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।

प्राधिकरणले नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ति (स्मार्ट लाइट) जडान गर्ने कार्यक्रम कार्यान्वयमा ल्याएको छ । यसबाट यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने र सहरी सौन्दर्यसमेत वृद्धि हुने विश्वास छ ।

यसैगरी, प्राधिकरणले सफा सहर अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोग बिहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्ने लगायत काम अगाडि बढाएको छ ।

प्राधिकरणले सिएसआरको रकम स्मार्ट लाइट जडानमा खर्च गरी उज्यालो सहर अभियानको सारथी बन्न उद्योगी, व्यवसायी, औद्योगिक प्रतिष्ठान, औद्योगिक घराना, बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादकलगायतलाई अनुरोध गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण एवं स्थानीय तहहरूसँगको समन्वय र सहकार्यमा सिएसआरको रकम उज्यालो सहर अभियानमा खर्च गर्न सकिने बताए ।

‘स्थानीय पालिकाहरूसँगको समन्वयमा निश्चित क्षेत्र, सम्पदा, धार्मिक एवं पर्यटकीय स्थलमा आफैं शतप्रतिशत खर्च गरी स्मार्ट बत्ति राख्न चाहे सुपरीवेक्षणका लागि प्राधिकरणले प्राविधिक सहयोग उपलब्ध गराउने छ’, उनले भने, ‘सिएसआरको रकम स्मार्ट बत्ति जडानमा खर्च गर्न कानुनी जटिलता भए त्यसलाई हटाउन सम्बन्धित निकायसँग छलफल पनि गर्न सकिनेछ ।’

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार मझौला, ठूला उद्योग वा वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी कारोरबार हुने घरेलु वा साना उद्योगले व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा वार्षिक खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था छ । बैक तथा वित्तीय संस्थाले सिएसआरसम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम ‘सिएसआर कोष’ खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था छ ।

प्राधिकरणले स्थानीय तहहरूसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थानहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ति जडान गर्न अभियान नै चलाउनेछ । नगरपालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन् ।

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिकाहरूले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले वोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथलगतय क्षेत्रमा स्थानीय नगरपालिकासँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit