विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाँउपालिका–४ मा गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले १३२ केभी को डबल सर्किट विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले प्रवर्द्धन गर्न लागेको २२.९ मेगावाटको मध्य होंगु खोला ‘बि’ जलविद्युत् आयोजनाको कम्पनीले सो प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

कम्पनीका अनुसार उक्त प्रसारण लाइन मध्य होंगु खोला ‘बि’को स्वीचयार्डदेखि सोही जिल्लाको महाकुलुङ, थुलुङ दुधकोशी गाँउपालिका हुँदै सोलुदुधकुण्ड नगरपालिका–११ मा रहेको नेपाल विद्युत् प्राधिकरणको तिङ्गला सबस्टेसनसम्म प्रसारण लाइन निर्माण हुनेछ । २५.७९ किलोमिटर लम्बाइ हुने यस प्रसारण लाइनअन्तर्गत ७८ वटा टावरहरू निर्माण गरिने कम्पनीाको योजना छ । 
 
कम्पनीका अनुसार लाइन निर्माणका लागि कुल ४६.४३५९ हेक्टर जमिन आवश्यक पर्ने र त्यसमध्ये ७८ वटा टावरका मात्र २.०४२९ हेक्टर जग्गा आवश्यक पर्ने उल्लेख छ । यसबाहेक विद्युत् मार्गको अधिकार क्षेत्रभित्र अन्तर्गत ४४.३९३० हेक्टर जग्गा आयोजना निर्माणका लागि आवश्यक पर्ने छ । उक्त प्रसारण लाइनको निर्माण १८ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३