विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयरसहित कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट उक्त बोनस शेयर तथा नगद लाभांश वितरण गर्न लागिएको कम्पनीले जनाएको छ । 

नियामक निकाय विद्युत् नियमन आयोगको स्वीकृति तथा आर्थिक वर्ष २०८० ८१ को वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।  

गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अपि पावर कम्पनीले गत आवमा विद्युत् बिक्रीबाट १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष (२०७९/८०) कम्पनीले विद्युत् बेचेर ३३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

खासगरी कम्पनीले दार्चुला जिल्लामा निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् केन्द्रले व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू गरेपछि कम्पनीको आम्दानीमा उच्च वृद्धि देखिएको हो । उक्त आयोजना २०८० साउन २८ गतेबाद सञ्चालमा आएको थियो । 

कम्पनीको विद्युत् उत्पादन परिमाण र बिक्री बढेसँगै समीक्षा अवधिमा कम्पनीको खुद नाफा समेत ९३२.११ प्रतिशत (१०.३२ गुणा) बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च १३७.३३ प्रतिशत बढेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८२ पैसाबाट बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ । 

कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३