काठमाडौं । १०.९ मेगावाटको दुई विद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आफ्नो सेयरधनी सदस्यलाई विगत ८ वर्षदेखि लगातार प्रतिफल दिँदै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि खुद नाफाबाट नगद लाभांश र बोनस सेयर वितरण गरिरहेको हो ।
आव २०७८/७९ काे मुनाफाबाट पनि आफ्नो सेयरधनी सदस्यलाई ४२.१० प्रतिशत प्रतिफल दिने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मंसिर ६ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकले ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बोनस सेयर र नगद लाभांस विद्युत नियमन आयोगको स्वीकृती पश्चात कम्पनीकाे २२औ साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले आव २०७०र७१ देखि आफ्ना सेयरधनीलाई नियमित प्रतिफल दिँदै आएको छ । यो वर्ष ०.५३ प्रतिशत लाभांश र १० प्रतिशत बोनस सेयर दिएको थियो ।
रिडी हाइड्रोले वितरण गरेकाे प्रतिफल :
| क्रस | आर्थिक वर्ष | नगद लाभांश (प्रतिशत) | बाेनस सेयर (प्रतिशत) |
| १ | २०७८/७९ | २.१० | ४० |
| २ | २०७७/७८ | १२.६० | |
| ३ | २०७६/७७ | ०.२६ | ५ |
| ४ | २०७५/७६ | ०.२६ | ५ |
| ५ | २०७४/७५ | ०.३२ | ६ |
| ६ | २०७३/७४ | ०.३२ | ६ |
| ७ | २०७२/७३ | ०.३२ | ६ |
| ८ | २०७१/७२ | १०.५३ | |
| ९ | २०७०/७१ | ०.५३ | १० |
स्राेत : रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी
आव २०७७/७८ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीको ८.५ मेगावाटको बुटवल सौर्य विद्युत र २.४ मेगावाटको रिडी खोला गरी १०.९ मेगावाटको दुई आयोजना सञ्चालनमा छन् ।