विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले आज बुधबार (माघ १८ गते) देखि सर्वसाधारणका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी २० करोड रुपैयाँ मध्येको २० प्रतिशत अर्थात ४ करोड बराबरको सय रुपैयाँ अंंकित ४ लाख कित्ता र प्रभावित स्थानीयमा अवितरित १ लाख ८० हजार ५ सय ८० कित्ता सेयरमा कुल गरी जम्मा ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत हुन आउने अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिका लागि निष्कासन तथा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

निष्कासित सेयरमध्येकाे ५ प्रतिशत हुन आउने अर्थात २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार ६ सय १० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

सर्वसाधारणले न्यूनत्तम १० कित्ता देखि अधित्तम ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा माघ २२ गतेसम्म र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण भइसक्दा आयोजनाको प्रति मेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३ सय ४२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३