विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गोदावरी । कैलाली र कञ्चनपुरका ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा ७ तटबन्धका योजनामध्ये ३१ वटाको काम सम्पन्न भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

गत आवमा कैलालीमा २५ र कञ्चनपुरमा ६ गरी ३१ वटा खोला नदी किनार कटान नियन्त्रण तथा रोकथामका लागि तटबन्धको काम भएको कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए ।

२ जिल्लाका ३५ वटा खोला तथा नदी कटान नियन्त्रण गर्न गत आवमा विनियोजित कुल ३ करोड ५० लाखमध्ये ३ करोड १० लाख रूपैयाँ खर्च भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।

तटबन्धका प्रत्येक योजनामा १० लाख रूपैयाँ बजेट रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । सुदूरपश्चिम प्रदेशका २ जिल्लामा नदी कटान निणन्त्रण गर्न प्रत्येक वर्ष विनियोजन गरिँदै आएको बजेट पर्याप्त नभएको उनको भनाइ छ । कैलाली र कञ्चनपुर कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समितिमार्फत तटबन्धको काम गरेको जनाएको छ ।

कार्यालयका अनुसार कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नम्बर ७ को बगरटोल, भजनी नगरपालिका वडा नम्बर ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ सुकुटीखोला, वडा नम्बर ३, १९, १२ स्थित मोहना नदी, वडा नम्बर १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम सम्पन्न भएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्धको काम भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनःउत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायत क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको छ । खोला नदी किनार कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सोही खनुसार सम्बोधन हुन नसकेको प्रमुख श्रेष्ठले उल्लेख गरे ।

कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायत नदीले सबैभन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । ती नदी तथा खोलामा संघीय सरकारअन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३