विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गत आर्थिक वर्ष (आव २०७७/७८) भित्र एक दर्जन बढी जलविद्युत तथा ऊर्जाका अन्य स्रोतबाट करिब २५० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । यो सँगै प्रणालीमा १६०० मेगावाटभन्दा बढी विद्युत उपलब्ध भएको छ ।

विद्युत विकास विभागका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट ७६ मेगावाटसहित २४७.२० मेगावाट विद्युत प्रणालीमा थपिएको छ । यसमध्ये १४ मेगावाटको कुलेखानी तेस्रो सरकार अर्थात् नेपाल विद्युत् प्राधिकरणले पूरा गरेको हो भने बाँकी निजी क्षेत्रले उत्पादन गरेको छ ।

यस अवधिमा निजी क्षेत्रले २२३.२० मेगावाट विद्युत् उत्पादन गरेको छ । यसमा ७६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् पनि पर्छ । तामाकोसी प्राधिकरणको सहायक कम्पनीबाट निर्माण गरिएको हुँदा यो निजी क्षेत्रमै गणना हुन्छ ।

निजी क्षेत्रले उत्पादन गरेको सबैभन्दा ठूलो आयोजना मिस्ट्र खोला ४२ मेगावाट छ । साथै, निजीबाट २२.५ मेगावाटका दुई सोलार आयोजना निर्माण भएका छन् । उता प्राधिकरणले नुवाकोटको त्रिशूलीमा निर्माण गरिरहेको २५ मेगावाट सोलार प्लान्टमध्ये अहिले १० मेगावाट सञ्चालनमा आइसकेको छ ।

निजी क्षेत्रको एभरेष्ट सुगर मिलबाट उत्पादन भएको ३ मेगावाट विद्युत पनि प्रणालीमा जोडिएको छ । जसलाई सह–उत्पादन भन्ने गरिएको छ । यस हिसाबले गत आवमा २११.७० मेगावाट जलविद्युत्, ३१.५ मेगावाट सोलार र ३ मेगावाट सहउत्पादनबाट विद्युत उपलब्ध भएको छ ।

सरकारले वर्षौंदेखि भन्दै आएको मिश्रित ऊर्जा प्रणाली विकासको संकेत गत आवको उत्पादनमा देखिन्छ । आगामी दिनमा पनि विद्युत् उत्पादनलाई सन्तुलित, समन्यायिक र मिश्रित ऊर्जा विकासमा ध्यान दिँदा भारतमाथिको निर्भरता कम हुँदै स्वदेशी विद्युतबाट नै आत्मनिर्भर हुन सक्ने प्रशस्त आधारहरू सिर्जना हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit