विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढुवा, आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट १४८२ पदपुर्ति गर्न आवेदन माग गरेको छ । प्राधिकरणले विभिन्न रिक्त स्थानमा स्थायी पूर्ति गर्न बढुवा वा लोकसेवा आयोगले लिने खुल्ला तथा आन्तरिक प्रतियोगितात्कम लिखित परीक्षाका लागि आवेदन खुलाएको हो ।

आयोगले लिने खुल्ला तथा  आन्तरिक प्रतियोगितात्कम लिखित परीक्षाबाट ६३३ जनाकाे स्थायी पदपूर्ति गर्न आवेदन माग गरेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार आन्तरिक प्रतियोतिात्मक परिप्रेक्षको लागि १११ जना र खुल्लामा ५२२ जनाको लागि आवेदन माग गरिएकाे छ ।

खुल्ला तर्फको अधिकृत स्तरमा ७६ जना र सहायक स्तरमा ४४० जनाका पदपुर्ति गर्न आवेदन माग गरेको हो  । यस्तै, सहायकस्तरमा मिटररिडिङ सुपरभाईजरको लागि ३९ जना, लेखापालको लागि ३५ जना, सुपरभाईजर इलेक्ट्रीकलको लागि ६१ जना, सुपरभाईजर मेकानिकलको लागि ७ जना, सुपरभाईजर सिभिलको लागि ५ जना र ड्राफ्टमेन सिभिलको लागि १ जनाको लागि आवेदन माग गरेकाे प्राधिकरणले जनाएको छ ।

सिनियर मिटररिडरको लागि ५८ जना, सहायक लेखापालको लागि ६३ जना, फोरमेन इलेक्ट्रीकलाको लागि ६९ जना, फोरमेन मेकानिकलको लागि १४ जना, फोरमेन सिभिलको लागि ६ जना इलेक्ट्रीसियन इलेक्ट्रीकलको लागि ८१ जना, जुनियर मिस्त्रीको लागि ६ जना र जुनियर टेक्नीसियनको लागि २ जनाका लागि आवेदन खुल्ला गरिएको छ ।

इच्छुक व्यक्तिले असोज २० गतेसम्म र दोब्बर दस्तुर तिरी असोज २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा समावेशी समूहको हकमा समावेशी प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम, कार्य अनुभव प्रमाणपत्र, चारिक्रिक प्रमाणत्र सहित आवेदन बुझाउनु पर्नेछ ।

यस्तै, प्राधिकरणले ८४९ जना कर्मचारीकाे बढुवा गर्ने भएकाे छ । प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मुल्याङकन र कार्यदक्षता मुल्याङकनद्वारा बढुवा गर्न दरखास्त आह्वान गरेको हो । ज्येष्ठता र कार्यसम्पादन मुल्याङ्नका आधारमा ७११  र कार्यक्षमता मुल्याङ्कनका आधारमा १३८ कर्मचारीकाे बढुवा गर्न आवेदन माग गरेकाे छ । बढुवाकाे लागि असाेज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit