विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाले आगामी चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनाले अबको ३ महिनामा विद्युत उत्पादन सुरु गर्न लागेको हो ।

आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको प्रवर्द्धक बलेफी हाइड्राे पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए । उनका अनुसार बाँध क्षेत्रका संरचनाको निर्माण सकिएको छ ।

‘बाँधमा सबै काम सकियो । खनेर सकिएको ४.४ किलोमिटर लामो मुख्य सुरुङ ढलान भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान हुँदैछ ।’ उनले मेसिन जडान सकिएपछि आयोजनाको परीक्षण सुरु गरिने बताए ।  

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा उत्पादनमा ढिलाइ हुन पुगेको पनि कसजुले बताए । आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत २२ किलोमिटर दुरीको लामोसाँघु सबस्टेसनमा जोडिनेछ ।

३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहने आयोजना सम्पन्न गर्न ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ५ बैंकको ऋण लगानी छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit