विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लामो समयदेखि सान्जेन जलविद्युत् कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका किरणकुमार श्रेष्ठले शुक्रबार (जेठ ७ गते) पदबाट राजीनामा दिएका छन् । नेपाल विद्युत् प्राधिकरणले काजमा खटाएको उनलाई फिर्ता बोलाउने योजना अनुसार राजीनामा गर्न लगाएको हो ।

श्रेष्ठ दुई वर्ष अगाडि ११ तह अर्थात् निर्देशकमा बढुवा भएका थिए । निर्देशक भएपछि आफूलाई काज फिर्ता गरिदिन अनुरोध गरेको भए पनि निर्माणाधीन आयोजनालाई असर पर्ने भन्दै प्राधिकरणले निर्णय गरेको थिएन । आयोजना निर्माणको अन्तिम चरणमा रहेको र प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिँदा काममा भने असर पर्ने देखिएको छ ।

श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न प्रतिस्पर्धा आह्वान गरिएको छ । कम्पनीले सार्वजनिक सूचना निकालेर योग्य व्यक्तिको आवेदन मागेको छ । कार्यकारी प्रमुख हुन सिभिल, इलेक्ट्रिकल तथा मेकानिकल इन्जिनियरिङमा स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

आफूले प्राधिकरणका कार्यकारी निर्देशकसँग परामर्श गरेर नै राजीनामा दिएको श्रेष्ठले ऊर्जा खबरलाई बताए । ‘कुलमान सर हुँदा नै मैले काज फिर्ता गरिदिन भनेको थिएन,’ उनले भने, ‘आयोजनाको चलिरहेको हुँदा त्यतिबेला अनुकूल पनि भएन । अब आयोजना पूरा हुन लागेको हुँदा यहाँको जिम्मेवारीबाट बिदा भएको हो ।’

श्रेष्ठ प्राधिकरणकै कर्मचारी भएको हुँदा उनलाई काजमा सान्जेन कम्पनीमा पठाइएको थियो । प्राधिकरणको १० तहको जिम्मेवारीमा रहँदा त्यहाँ पठाइएका उनले करिब ५ वर्ष जिम्मेवारी सम्हालेका थिए । हाल दरबन्दी रहेकै ठाउँमा श्रेष्ठको जिम्मेवारी तोकिने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

काजमा खटाएको कर्मचारीले राजीनामा दिएर फर्किनु भने अनौंठो पद्धत्ति सुरु भएको छ । खासमा काजमा खटाउने निकायले कार्यावधि पूरा भएपछि नियमित प्रक्रियाबाट फिर्ता बोलाउने हो । राजीनामा गरिरहनु पर्दैन । तर, श्रेष्ठले भने राजीनामा नै दिएका छन् ।

कम्पनी सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्मका लागि सान्जेन जलविद्युत् आयोजनाका आयोजना प्रमुख अर्पणबहादुर सिंहलाई निमित्त प्रमुख कार्यकारी अधिृकतको जिम्मेवारी तोकेको छ । नयाँ प्रमुखका लागि सूचना निकालिसकेको हुँदा २–३ हप्ताभित्र टुंगो लाग्ने कम्पनीका अध्यक्ष रामजी भण्डारीले बताए ।

प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको हुँदा अब भने प्राधिकरणले कुनै कर्मचारीलाई काजमा पठाउने सम्भावना सकिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले पनि कम्पनी आफैंले व्यवस्था गर्ने भएपछि माउ संस्थाबाट कर्मचारी पठाउन वा काजमा जिम्मेवारी तोक्न आवश्यक नरहेको बताए ।

नयाँ प्रमुख कार्यकारी अधिकृतका लागि आवदन दिन प्रतिस्पर्धीको उमेर ४५ वर्ष पूरा भई ६५ वर्ष ननाघेकेको हुनुपर्ने उल्लेख छ । साथै, प्रतिस्पर्धा गर्न जलविद्युत् क्षेत्रमा अधिकृत पदमा रही १५ वर्ष काम गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदक दिने समय जेठ ले १६ गते (आइतबार) सम्मका लागि तोकिएको छ । कम्पनीले रसुवामा १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो सान्जेनको काम अन्तिम चरणमा पुगेको छ । चिनियाँ प्राविधिक नआउँदा इलेक्ट्रो मेकानिकलको काम रोकिएको छ । त्यस्तै, सान्जेनको पनि ८० प्रतिशत काम पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit