विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले इन्जिनियर कपिल आचार्यलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्य बनाएको छ । मन्त्रालयले चेतराज जोशीको कार्यावधि सकिएपछि सिभिल इन्जिनियर आचार्यलाई नयाँ सञ्चालक समिति सदस्य बनाएको हो ।

रुकुम स्थायी घर भएका आचार्य नेपाल इन्जिनियरिङ एशोसिएसनका वर्तमान उपमहासचिव हुन् । उनी १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्तीको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीमा आवद्ध छन् ।

जोशीसँगै कार्यावधि पूरा गरेका भक्तबहादुर पुनले पनि प्राधिकरण सञ्चालक समितिमा पुनर्नियुक्ती पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उनलाई पुनर्नियुक्ती दिएर अर्को कार्यकालका लागि दोहोर्याएका हुन् । नवनियुक्त सञ्चालक समिति सदस्यहरूले शुक्रबार बस्ने सञ्चालक समिति बैठकमा सहभागी हुने प्राधिकरणले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit