काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र बूढानिलकण्ठ सब डिसीको शिवपुरी फिडरअन्तर्गतको पासिकोट क्षेत्रमा ५ घन्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
सडक विस्तारको काम गर्न एचटी÷एलटी लाइन स्थानान्तरण गर्नुपर्ने हुँदा मंगलबार (माघ ६ गते) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा बन्द हुनेछ । प्राधिकरणका अनुसार उक्त समयमा सम्बन्धित फिडर सट डाउनमा राखी काम गर्नुपर्ने हुँदा पासिकोटसहित डाँडागाउँ, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमटारमा विद्युत् आपूर्ति बन्द हुनेछ ।