विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशमा पूर्ण विद्युतीकरण गर्न साढे २ वर्ष लाग्ने भएको छ । प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लामा पूर्ण विद्युतीकरण भइसके पनि बाँकी ९ जिल्लमा विद्युतीकरण गर्न अझै समय लाग्ने देखिएको हो ।

आर्थिक वर्ष २०७९/८० सम्ममा भित्र मात्रै प्रदेशका सबै जिल्लामा पूर्ण विद्युतीकरण भइसक्ने नेपाल विद्युत प्राधिकरण काठमाडौं प्रदेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले बताए । ‘४ जिल्लामा पहिले नै पूर्ण विद्युतीकरण भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘९ जिल्लाका केही केही ठाउँमा अझै राष्ट्रिय प्रसारण प्रणालीको सेवा पुग्न बाँकी छ ।’

प्रदेशभर करिब ९५ प्रतिशत हाराहारीमा विद्युतीकरण भइसकेको पनि पाण्डेले बताए । उनका अनुसार दोलखा जिल्लामा ९९ प्रतिशत विद्युतीकरण भएको छ । यो जिल्लामा चालू आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने योजना छ ।

यस्तै, रामेछापमा ९६ प्रतिशत विद्युतीकरण भएको छ । यो जिल्लामा आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीकरण गर्ने लक्ष्य छ । सबैभन्दा कम विद्युतीकरण सिन्धुली जिल्लामा भएको छ ।

यो जिल्लामा ७० प्रतिशत हाराहारीमा विद्युतीकरण भएको छ । जिल्लामा आर्थिक वर्ष २०७९/८० भित्र पूर्ण विद्युतीकरण गर्ने योजना रहेको पाण्डेले बताए । प्रदेशका चीतवन, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, रसुवा र धादिङमा क्रमशः ९०, ९३, ८३, ८२ र ८९ प्रतिशत विद्युतीकरण भइसकेको छ ।

सिन्धुपाल्चोक, काभ्रे र रसुवामा आर्थिक वर्ष २०७८/७९ भित्र तथा चीतवन, मकवानपुर र धादिङमा आर्थिक वर्ष २०७९/८० भित्र विद्युतीकरण गर्ने योजना रहेको पाण्डेले जानकारी दिए । 

यस प्रदेशमा प्राधिकरणको विद्युत सेवा लिने १८ लाख ९५ हजार २ सय १५ ग्राहक छन् । प्राधिकरणले प्रदेशको वितरण प्रणाली सुधार गर्न उपत्यकाका ३ जिल्लामा २ हजार २८ वटा वितरण ट्रान्सफर्मर थपेर स्तरोन्नति गरेको छ ।

अहिलेसम्ममा प्रदेश–२ मा मात्रै पूर्ण विद्युतीकरण भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ३५ प्रतिशत विद्युतीकरण भएको छ । कर्णालीमा राष्ट्रिय प्रसारण प्रणालीबाट (ग्रिड) ३०.५७ र बाँकी अफ ग्रिडबाट विद्युतीकरण गरिएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगुमा अहिलेसम्म राष्ट्रिय प्रसारण ग्रिड पुगेको छैन । प्राधिकरणले ती जिल्लामा माइक्रो हाइड्रोमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit