विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बारामा विद्युत चुहावट नियन्ण अभियानका क्रममा चोरी हुकिङ हटाउन गएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि स्थानीयले आक्रमण गरेका छन् । रातको समयमा चोरी चुहावट भइरहेको स्थानमा प्रहरीसहित पुगेका प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारीमाथि भौतिक आक्रमण भएको हो ।

जिल्लाको देवताल गाउँपालिका–२ गम्हरियाका स्थानीयले गाडी नियन्त्रणमा लिई कर्मचारीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्राधिकरण जनकपुर प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरले बताए । उनका अनुसार गम्हरियाका स्थानीय हरिन्द्र यादवसहित उनको परिवारले चुहावट नियन्त्रण गर्न सामूहिकरूपमा खटिएका प्राधिकरण कर्मचारीमाथि राति १.१० बजे भौतिक आक्रमण गरेको हो ।

उनले स्थानीयको आक्रमणबाट ३ जना कर्मचारी घाइते भएको बताए । कुटपिटबाट घाइते हुनेमा वितरण केन्द्रका इलेक्ट्रिक सुपरभाइजर दीपेन्द्रकुमार साह, लालबाबु ठाकुर र उद्वव कुशवाह छन् । घाइते कर्मचारीको कलैया अस्पतालमा उपचार भइरहेको छ । घाइते कर्मचारीको अवस्था गम्भिर छ । 

‘वितरण केन्द्रबाट प्रहरीसहित चुहावट नियन्त्रणका लागि गएको टोलीले हुकिङ गरी विद्युत चोरी गर्ने १९ जना स्थानीयलाई नियन्त्रण लिएको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘समातिएका मध्ये १ जनाको परिवारले कर्मचारी बसेको पछाडिको गाडी नियन्त्रणमा लिई उनीहरूमाथि भौतिक आक्रमण गरेर कर्मचारीलाई घाइते बनाएका छन् ।’

कर्मचारीमाथि भौतिक आक्रमण भएपछि घटना स्थल पुगेको प्रहरीले आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरेको छ । परिवारका अन्य सदस्य भने घटनापछि फरार भएको ठाकुरले जानकारी दिए ।

अब कर्मचारीमाथि भौतिक आक्रमण गर्नेविरुद्ध प्राधिकरणले सार्वजनिक मुद्दा चलाउने पनि उनले बताए । कोरोना (कोभिड–१९) महामारीको समयमा लगाइएको निशेधाज्ञाका बेला तराईका जिल्लामा चोरी चुहावट बढेको छ ।

अहिले निशेधाज्ञा हटेपछि चोरी चुहावट नियन्त्रण अभियान सुचारु भएपछि प्राधिकरण कर्मचारीमाथि आक्रमण हुने क्रम समेत बढेको छ । केही दिनअघि मात्रै विराटनगर वितरण केन्द्रबाट चुहावट नियन्णका लागि खटिएको टोलीमाथि पनि भौतिक आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit