विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्वतमा निर्माण गरेको १३२ केभी क्षमताको नयाँ मोदी र लाहाचोक सबस्टेसनको काम सम्पन्न भएको छ । जिल्लाको देउपुरदेखि कास्कीको लेखनाथसम्मको १३२ केभी नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको नयाँ मोदी र लाहाचोक सबस्टेसनको निर्माण सम्पन्न भएको हो ।

मोदी गाउँपालिका वडा नम्बर २ देउपुर स्थित नयाँ मोदी सबस्टेसन र माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ स्थित लाहाचोक सबस्टेसनको निर्माण सकिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार दुवै सबस्टेसनको काम सम्पन्न भए पनि नयाँ मोदी सबस्टेसन भने गत शनिबार (१३ गते) चार्ज गरिएको छ । यसमा पोखरा–मोदी लाइन जडान गरिसकिएको पनि अग्रवालले बताए ।

‘लाहाचोक सबस्टेसन पनि डेढ महिनाभित्र चार्ज गर्ने तयारी भइरहेको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘यो सबस्टेसनको अन्तिम चरणको उपकरण जडानको बाँकी काम भइरहेको छ ।’ लेखनाथ सबस्टेसनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

९० प्रतिशत बढी काम पूरा भएको आयोजनाको प्रसारण लाइन क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको अग्रवालले बताए । उनका अनुसार लाइनकाे लाहाचोकदेखि लेखनाथ क्षेत्रको मात्र काम बाँकी छ ।

नयाँ मोदी देखि लाहाचोकसम्मको टावर खडा गर्ने काम पूरा भई तार तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा करिब १ किलोमिटर मात्र तार तान्न बाँकी छ । लाहाचोकदेखि लेखनाथसम्मको केही क्षेत्रमा स्थानीयको अवरोधले टावर निर्माण हुन  नसक्दा काम राेकिएकाे छ । अवराेध हटाउन स्थानीय जनप्रतिनिधीहरूसँग छलफल भइरहेकाे छ । 

४२ किलोमिटर लामो प्रसारण लाइनमा १ सय ३९ वटा टावर रहने छन् । अहिलेसम्म ९० वटा टावर खडा भइसकेका छन् । स्थानीयको अवरोध हटाएर आगामी ६ महिनाभित्र प्रसारण लाइन र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य रहेको पनि अग्रवालले बताए ।

आयोजना सम्पन्न गर्न करिब ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् ।

प्रसारण लाइन निर्माणपछि २ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिनेछ । पर्वत र कास्कीको सीमा भएर भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा निर्माणाधीन र अध्ययनरत वा पहिचान भएको आयोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो लाइन निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit