विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङको उच्च क्षेत्रमा निर्माण हुने २१.४ मेगावाटको न्यादी–फिदी जलविद्युत् आयोजनाको ‘डिटेल इन्जिनियरिङ डिजाइन (डिपिआर)’ तयार गर्ने जिम्मेवारी हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र इन्नोभेटिभ इन्जिनियरिङ सर्भिस प्रालिले पाएका छन् ।

नर्थ समिट हाइड्रो लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाको इन्जिनियरिङ परामर्श सेवा सम्बन्धमा गत शुक्रबार सम्झौता भएको छ । सम्झौता भएको करिब ९ महिनामा लक्षित काम पूरा गर्ने समयावधि तोकिएको हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए ।

नदीको प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यो आयोजनाबाट लक्षित विद्युत् उत्पादन गर्न न्यादी र फिदी दुवै खोलाको पानी उपयोग हुने गरी प्रारम्भिक अध्ययन गरिएको छ । दुवै खोलाको पानी उपयोग गर्न दुवैतर्फ नै हेडवर्क्स निर्माण गरिने छ । कम्पनीका अनुसार न्यादी खोलाको हेडवर्क्स मर्स्याङ्दी गाउँपालिकाको २९४८.९० मिटर उचाइको जलुचे र बाहुँनडाँडामा र फिदी खोलाको हेडवर्क्स सोही गाउँपालिकाको ३०१४ मिटर उचाइको चेपेबगरमा निर्माण हुनेछ ।

यसैगरी, आयोजनाको विद्युत्‌गृह न्यादी र फिदी खोलाको संगमको माथिल्लो क्षेत्रमा निर्माण हुनेछ । यो आयोजना बुटवल पावर कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी तथा सिउरी न्यादी पावर लिमिटेडले निर्माण गरिरहेको ४०.२७ मेगावाटको सुपर न्यादी भन्दा अझ माथिल्लो क्षेत्रमा अवस्थित छ ।

आयोजनाको संक्षिप्त विवरण

खोलाहरू: न्यादी र फिदी
स्थान: जलुचे र चेपेबगर
प्रकृति: नदी प्रवाही
आरक्षित क्षेत्र: ६७.२ वर्ग किलोमिटर
ग्रस हेड: ६९५.६६ मिटर
डिजाइन डिस्चार्ज: ३.६० घनमिटर/सेकेण्ड
वार्षिक ऊर्जा: १२७.९५ गिगावाट घन्टा
सुख्खायामको ऊर्जा: ४०.०२ गिगावाट घन्टा (मंसिर १६–जेठ १५) – ३१.२८%
बर्खायामको ऊर्जा: ८७.९२ गिगावाट घन्टा (जेठ १६–मंसिर १५) – ६८.७२%

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit