विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आँखु खोला जलविद्युत आयोजनाले करिब ३ कारोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास सम्मको वित्तिय विवरण अनुसार खुद नाफा कमाएको हो । 

चैतसम्मको अवधिमा ३ करोड १ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा घाटामा रहेको कम्पनीले नाफा कमाएको हो । गत वर्ष २ करोड ७७ लाख ७७ हजार रुपैयाँ घाटामा थियो ।

यो अवधिमा ८.४ मेगावाटको आँखु खोला जलविद्युत केन्द्रले विद्युत बिक्री गरी १७ करोड ३७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको आम्दानी गत वर्षको तुलनामा बढेको छ । गत वर्ष १४ करोड ७८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, अन्य स्रोतबाट ६ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । गत वर्ष ९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले धादीङमा निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले २०७० भदौ ८ गतेदेखि नियमीत विद्युत उत्पादन गरीरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३