विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रुपन्देहीस्थित नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रमा विद्युत लगिने ३३ केभी प्रसारण लाइन २ दिन बन्द हुने भएको छ । प्राधिकरण प्रसारण निर्देशाालयको ग्रिड सञ्चालन विभाग अन्तर्गतको निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइनको तार तान्न ३३ केभी लाइनको आपूर्ति बन्द हुने भएको हो ।

शुक्रबार र सनिबार २ दिन प्रसारण लाइनको बुटवलदेखि मैनैहियासम्म आइपुग्ने खण्डमा तार तान्नु पर्ने भएकाले अमुवातर्फ जाने ३३ केभी भरौलिया फिडरलाइनबाट हुने आपूर्ति बन्द गर्नु परेको वितरण केन्द्र प्रमुख सुनिल सापकोटाले बताए । उनका अनुसार ११ केभी टिकुलीगढ र ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह हुने ३३ केभी प्रसारण लाइन पनि बन्द हुने भएको छ । 

शुक्रबार दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म ४ घन्टा आपूर्ति बन्द हुनेछ । शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि आपूर्ति बन्द गरिने उनले जानकारी दिए । आपूर्ति बन्द गरेर बुटवलदेखि मैनैहियासम्म पर्ने टावर नम्बर २८ देखि ३४ सम्म १३२ केभी प्रसारण लाइनको तार तानिने भएको छ ।

यो अवधिमा प्राधिकरणको अमुवा वितरण केन्द्रबाट आपूर्ति हुने सबै क्षेत्रको विद्युत सेवा प्रभावित हुने भएको छ । तोकिएको समयभन्दा अगाडि नै तार तान्ने काम सम्पन्न भएमा विद्युत आपूर्ति पनि अगाडि नै सुचारु गरिने वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३