काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपकार्यकारी निर्देशकदेखि प्रदेश प्रमुखसम्म ४० भन्दा बढी कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य आएपछि पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी सरुवा गरिएको हो ।
सरुवा हुने उपकार्यकारी निर्देशकहरूमा सुभाषकुमार मिश्र र फणिन्द्रराज जोशी छन् । चिलिमे जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मिश्रलाई व्यवसाय विकास निर्देशनालयमा र अप्पर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका जोशीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यसैगरी, विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाललाई प्रसारण निर्देशनालयको जिम्मेवारीसमेत हेर्ने गरी ग्रिड सञ्चालन विभागमा सरुवा गरिएको छ । हाल ग्रिडमा कार्यरत कमल आचार्यलाई विद्युत् व्यापार विभागको जिम्मेवारी तोकिएको छ ।
प्राधिकरणका अनुसार अधिकांश प्रादेशिक कार्यालयका प्रमुखहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । त्यस्तै, कालीगण्डकी जलविद्युत् केन्द्रका प्रमुख बाबुराजा महर्जनलाई चिलिमे जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।
सरुवा भएका कर्मचारी र स्थान
– फणिन्द्रराज जोशी, उपकार्यकारी निर्देशक : अप्पर अरुण हेर्ने गरी इन्जिनियरिङ निर्देशनालयमा
– सुभाषकुमार मिश्र, उपकार्यकारी निर्देशक : व्यवसाय विकास निर्देशनालय
– राजन ढकाल, निर्देशक : ग्रिड सञ्चालन विभाग
– कमल आचार्य, निर्देशक : विद्युत् व्यापार विभाग
– मुनिन्द्र ठाकुर, निर्देशक : कोसी प्रदेशिक कार्यालयबाट सामुदायिक विद्युतीकरण विभाग
– विक्रमकुमार अमात्य, प्रमुख : सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाबाट गण्डकी प्रादेशिक कार्यालय पोखरा
– मनोजकुमार यादव, प्रमुख : गण्डकी प्रादेशिक कार्यालय पोखराबाट मधेश प्रादेशिक कार्यालय जनकपुर
– राजीवकुमार सिंह, प्रमुख : नेपालगन्ज डिभिजन कार्यालयबाट कोसी प्रादेशिक कार्यालय विराटनगर
– शम्भु कुसियत, प्रमुख : मधेश प्रादेशिक कार्यालय जनकपुरबाट लुम्बिनी प्रादेशिक कार्यालय बुटवल
– शशीभूषण साह, प्रमुख : बागमती डिभिजन कार्यालय हेटौँडाबाट कर्णाली प्रादेशिक कार्यालय सुर्खेत
– जंगबहादुर चन्द, प्रमुख : सामुदायिक विद्युतीकरण विभागबाट सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया
– जितेन्द्र झा, प्रमुख : कर्णाली प्रादेशिक कार्यालय सुर्खेतबाट बागमती डिभिजन कार्यालय हेटौँडा
– दीपक गौतम, प्रमुख : नेपालगन्ज डिभिजन कार्यालय
– बाबुराजा महर्जन, प्रमुख : कालीगण्डकी जलविद्युत् केन्द्रबाट चिलिमे जलविद्युत् कम्पनी काठामडौँ
-- आत्मेस पौडेल, प्रमुख : कालीगण्डकी जलविद्युत् केन्द्र
– नरेन्द्रवीर श्रेष्ठ, प्रमुख : केन्द्रीय कार्यालय काठमाडौँबाट भरतपुर वितरण केन्द्र चितवन
– रामु श्रेष्ठ, भरतपुर वितरण केन्द्र चितवनबाट केन्द्रीय कार्यालय काठमाडौँ
– हरिप्रसाद पाण्डे, प्रमुख : लुम्बिनी प्रादेशिक कार्यालय बुटवलबाट प्रसारण निर्देशनालय अन्तर्गत
उल्लिखित सहित प्राधिकरणले तल्लो तहका कर्मचारीहरूको समेत सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।