विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सम्पन्न भइसकेका २ जलविद्युत कम्पनीले करिब १ करोड कित्ता साधारण सेयर निष्कासनको तयारी गरेका छन् । ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाको प्रवद्र्धक ग्रीन भेन्चर र ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डले गत आइतबार एकै पटक यी दुई कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति दिएको हो ।

ग्रीन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको ५२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर स्वपुँजी लगानीको २० प्रतिशत हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीको साधारण सेयर निष्कासन गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ । आयोजनाले अहिले व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना ९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

यस्तै, बलेफी हाइड्रोले पनि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको सेयर स्वपुँजी लगानीको २० प्रतिशत हो । कम्पनीको सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजना निर्माण सम्पन्न भई अहिले परीक्षणको चरणमा छ ।
३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको आयोजना ७ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit