काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार (२२ गते) बसेको सञ्चालक समितीको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुँजीबाट ७ प्रतिशत हुन आउने अर्थात ६ करोड ७३ लाख ७५ हजार लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले प्रस्ताव पारित गर्न साधारण सभा अह्वान गरेको छ । सभा बाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यलाई लाभांश वितरण गर्नेछ ।
कम्पनीको पाँथरमा १४.९ मेगावाटको हेवा खोला–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७३ माघ २२ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।