विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँ अंकित २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार निष्कासित सेयरमध्ये २ प्रतिशत हुन आउने अर्थात ४९ हजार ३ सय ४८ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत हुन आउने अर्थात १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामूहिक लगानी कोषकाृ लागि बाँडफाँड गरिएको छ । 

बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ । 

सर्वसधारणले छिटोमा भदौ ५ गतेसम्म र ढिलोमा भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको ४.९६ मेगावाटको पुवा खोला जलविद्युत आयोजना निर्माणधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३