विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिसो बढेर विद्युत खपत बढेसँगै उपत्यकाको विद्युत वितरण प्रणालीमा समस्या देखिन थालेको छ । जाडोका कारण एसी, हिटरलगायतका विद्युतीय उपकरणको उपयोग बढेपछि विद्युत माग ह्वात्त बढ्दा वितरण प्रणालीमा समस्या देखिएको हो ।

उपत्यकाको विद्युतको उच्च माग ४५० मेगावाट हाराहारीमा पुगेपछि केही दिन यता जथाभावी बत्ती काटिने समस्या दोहोरिएको छ । ११ केभी वितरण लाइनमा जडान भएका ट्रान्सफर्मर ‘ओभर लोड’ भएपछि झ्याप झ्याप बत्ती गइरहेको भन्ने ग्राहकको गुनासो आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुनमान घिसिङले बताए ।

‘तापक्रम घटेसँगै विद्युत माग बढ्दा ट्रान्सफर्मरले नधानेपछि बत्ती जाने समस्या देखिएको हो,’ उनले भने, ‘त्यस्ता ठाउँमा तत्कालै वितरण ट्रान्सफर्मरको क्षमता बढाएर आपूर्ति व्यवस्थापन सहज बनाइरहेका छौं ।’ उनले कहीं कहीं ट्रान्सफर्मर जलेकाले नयाँ जडान गरिएको बताए ।

शुक्रबार मात्रै उपत्यकामा २० वटा वितरण ट्रान्सफर्मर परिवर्तन गरिएको र थप हेटौंडाबाट ल्याएर जडान गरिने उनले बताए । ट्रान्सफर्मर ओभर लोड भएका स्थानमा पनि बढी क्षमता भएका ट्रान्सफर्मर राख्ने काम प्राधिकरणले गरिरहेको घिसिङले बताए ।

पुस महिना सुरु भए यता बिहान र साँझको समयमा बत्ती काटिने समस्या बढेको छ । उपत्यकाको विद्युत खपत बढ्दा बिहीबारको देशभरको उच्च माग पनि १६ सय ५९ मेगावाट पुगेको छ । 

तत्कालका लागि ओभर लोड भएका ट्रान्सफर्मर बदलेर आपूर्ति सहज बनाउने प्रयास गरिए पनि दीर्घकालका लागि १३२ केभी भूमिगत लाइन निर्माण गरेर गुणस्तर सुधार गर्ने योजना रहेको उनले बताए ।भविश्यमा उपत्यकामा २ हजार मेगावाट विद्युत खपत हुने गरीको १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको घिसिङले बताए ।

बर्खामा यो वर्ष विद्युत खेर गए पनि आगामी वर्षबाट त्यसको व्यवस्थापन गरिने उनको भनाई छ ।अहिले सञ्चालनमा रहेको एक मात्र ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट अधिकतम ३५० मेगावाटमात्र निर्यात गर्न सकिने अवस्था रहे पनि सबस्टेसनको क्षमता विस्तार गरेपछि ६ सय मेगावाटसम्म निर्यात गर्न सकिने दाबी गरे ।

घिसिङले प्रस्तावित ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणमा ढिलाइ भए अरुण तेस्रोको प्रवद्र्धक सतलज विद्युत निगमले निर्माण गरिरहेको प्रसारण लाइनको उपयोग पनि विद्युत निर्यातका लागि गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३