विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर ऊर्जा (जलविद्युत्) उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री कार्यालयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । 

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भई धेरै कम्पनीहरूको धितोपत्र निष्कासन गरेकोमा त्यसको सरहाना गरे पनि यतिबेला भने बोर्ड खुला बजार नीतिविपरीत जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

कुनै कम्पनीबाट ऐन नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरीवेक्षण तथा छानबीन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरूले असन्तुष्टि जनाएका छन् । 

केही कम्पनीका संस्थापकहरूले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्काशन गर्न रोक्न नहुने र यसो गरे यो क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ । 

नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रूपमा धितोपत्र निष्काशन भइरहेको थियाे । हाइड्रोपावर कम्पनीहरूले पनि सहज रुपमा निष्काशन अनुमति पाउन थालेपछि यस क्षेत्रका धेरै कम्पनीले उत्साहित भई आइपिओ निष्कानका लागि निवेदन दिन थालेका थिए । तर हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्काशनमा ढिलाई गरेकोमा उद्यमीहरूको आपत्ति छ । 

देशको अर्थतन्त्रमा हाइड्रोपावर कम्पनीहरूकाे याेगदान महत्त्वपूर्ण रहेकाेले त्यसकाे कदर गरी आवश्यकता अनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए ।

पुँजी बजारमा आउने सबै कम्पनीहरूलाई समान रुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद शेयर निष्काशन गर्न रोक्न नहुने उर्जा उद्यमीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३