विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३.४२  मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनामा बैंकको लगानी जुटेको छ । गण्डकी प्रदेशको लमजुङमा निर्माण हुने आयोजनामा लक्ष्मी बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।

आयोजनाको प्रवर्द्धक माउन्ट रसुवा हाइड्रो पावर कम्पनी र बैंकबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौताअनुसार बैंक एक्लैले आयोजनामा २ अर्ब ५ करोड ६७ लाख ४० हजार रुपैयाँ ऋण लगानी गर्नेछ । 

आयोजनामा बैंकले गर्ने लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी प्रवर्द्धकको स्वपुँजी लगानी हुनेछ । आयोजनाको निर्माण सम्पन्न गर्न २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । बैंकहरूको लगानी क्षमता बढ्दै गएकाले साना जलविद्युत आयोजनामा एउटा बैंकले एक्लै लगानी गर्ने क्रम बढ्दै गएको छ ।

यो आयोजना निर्माण सुरु गरेको २ वर्षभित्रमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सुरु गर्नुपूर्व अहिले पूर्व तयारीका कामहरू भइरहेको कम्पनीका संयोजक सुवोध रिजालले बताए ।

उनका अनुसार मिदीम खोलाको पानी बाँध बाँधेर ७.२१७ किलोमिटर लामो पेनस्टकमार्फत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । आयोजनाको विद्युतगृह ढाक्रेबेसीमा निर्माण हुनेछ ।

कम्पनले २०७५ साल माघ ७ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो ।  आयोजना निर्माण गर्न  कम्पनीले २०७७ कार्तिक ३ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो ।

आयोजनाबाट २०८० साउनदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ८३.१७ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहबाट १३ किलोमिटर दुरीमा रहेको खुदी सबस्टेसनमा लगेर जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit