काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका छन् । २०७८ साल वैशाख १३ गते सिइओ नियुक्त गौतमले आज (२०८२ वैशाख १२ गते) कार्यकाल पूरा गरी बिदा भएका हुन् ।
कम्पनीबाट बिदा हुँदै गर्दा उनले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिसमेत समेटेर कम्पनीको स्पष्ट तस्बिर देखिने गरी ‘श्वेतपत्र’ जारी गरेका छन् ।
‘विगत चार वर्षको अवधिमा सम्पादन गर्ने गरी रणनीतिक योजनाले निर्धारण गरेका प्रमुख लक्ष्य, यस अवधिमा भएको कार्यसम्पादनको समग्र अवस्था, लक्ष्य प्राप्तिका लागि गरिएका प्रयास र प्रमुख उपलब्धिहरू, सम्पादन हुन नसकेका कार्यहरू र सोको कारण, कम्पनीको वर्तमान अवस्थाको समीक्षा एवम् कम्पनीले भविष्यमा अलबम्बन गर्नुपर्ने प्रमुख रणनीति, मार्गचित्र र सुधारका प्रमुख क्षेत्रहरू सहितको विस्तृत विवरण समावेश भएको श्वेततपत्र तयार गरी सार्वजनिक गरेको छु,’ बिदा हुँदै गर्दा एक कृतज्ञतापत्र जारी गरी उनले भनेका छन्, ‘प्रस्तुत श्वेतपत्रले कम्पनीको वर्तमान अवस्थाका बारेमा यथार्थ जानकारी प्रस्तुत गर्न तथा आगामी कार्यदिशा र रणनीति तय गर्न सहयोगी हुनेमा विश्वस्त छु ।’
उनले विगतमा गरिएका प्रयास र तिनका उपलब्धिहरू मुलुकको आवश्यकता र सरोकारवालाहरूको अपेक्षाको तुलनामा पर्याप्त नभएको तर यस अवधिमा कम्पनी सही गन्तव्यतर्फ अघि बढिरहेको र एकप्रकारको उचाई लिन सफल भएको कृतज्ञता पत्रमा उल्लेख गरेका छन् ।
कुनै व्यक्ति वा पदाधिकारीको एक्लो प्रयासबाट मात्र यो उपलब्धि सम्भव नहुने भन्दै कम्पनीको सञ्चालक समितिको नेतृत्वसहित सहयोग गर्ने सबैप्रति उनले अभार व्यक्त गरेका छन् । साथै उनले यस अवधिमा आफूले प्राप्त गरेको ज्ञान र अनुभव जलविद्युत् लगायत नवीकरणीय ऊर्जाको विकास तथा लगानी प्रवर्द्धनको क्षेत्रमा लगाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
सिइओ गाैतमसँग गरिएकाे ऊर्जा संवाद
यस्तो छ श्वेतपत्रको पूर्णपाठ