विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दोलखा । स्थानीयवासीले १४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै बन्द गराएको दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट–२ को काम सुचारु भएको छ ।

तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजना पक्ष, स्थानीय सङ्घर्ष समिति र स्थानीय तहबीचको छलफल–क्रममा सडक, खानेपानी, तटबन्ध, धार्मिकस्थल, मोटरेबल पुल र रोजगारी लगायत विषय तत्काल अघि बढाउने गरी सहमतिपछि अवरोध हटेको हो ।

आयोजनाको अडिट–२ बाट अति प्रभावित बिगु गाउँपालिका–२ र गौरीशंकर गाउँपालिका–८ का स्थानीयवासी तथा आयोजना पदाधिकारीबीच छलफल गरी विभिन्न विषयमा सहमति भएको जनाइएको छ । सम्झौता अनुसार बिगु गाउँपालिका–२ मा सञ्चालित तामाकोसी पाँचौंको अडिट–२ बाट मौरदेखि बिगु–२ याङ्जुङसम्म जोड्ने सडकको त्रिपक्षीय लगत तयार गरी आर्थिक वर्ष २०८३÷८४ मा छुट्ट्याइएको बजेट तथा सम्बन्धित वडाद्वारा विनियोजित रकमबाट काम अघि बढाइने भएको छ ।

यसैगरी, बिगु–२ को देउलाङ र औराडडाँडा जोड्ने हाङ्ज खोला सडकमा विद्यमान सडकको स्तरोन्नति तथा क्लियरिङका लागि कानुनबमोजिम पहल गर्ने सहमति भएको छ । बिगु र औराडबासीका लागि स्वच्छ खानेपानी व्यवस्था गर्न आयोजनाले सुक्खायाममा पानीको बहाब कम भएको समयमा नापजाँच गरी लगत तयार गर्ने र आगामी आर्थिक वर्षको बजेटबाट काम गर्ने प्रतिबद्धता जनाएको छ ।

अडिट–२ निर्माण–क्रममा क्षति पुगेको धार्मिकस्थल स्थानीयले उपलब्ध गराएको उपयुक्त स्थानमा पुनःस्थापना गर्ने सहमति भएको छ । जसअनुसार जग्गा उपलब्ध गराइएको १० दिनभित्र निर्माण कम्पनी सिनो हाइड्रोमार्फत निर्माण सुरु गर्ने उल्लेख छ । यस्तै, निर्माण भएको मोटरेबल पुल आयोजना सम्पन्नपछि यथास्थितिमै राख्न आवश्यक सहजीकरण गर्ने भनिएको छ ।

नयाँ सहमतिमा स्थानीय रोजगारीको विषयसमेत प्रस्ट्याइएको छ । अडिट–२ र अडिट–३ का अति प्रभावित स्थानीय जनशक्तिलाई प्राथमिकतामा राखी दक्षता र योग्यताका आधारमा रोजगारी दिइने सहमति भएको छ । २०८१ पुस १४ गतेको सहमति कार्यान्वयन नभएको भन्दै २ दिनदेखि स्थानीयले काम बन्द गराएका थिए ।

निर्माण रोकिएपछि आयोजना प्रमुख हेमन्त भट्ट र स्थानीयका तर्फबाट शिक्षक अमृत आचार्य, वडाध्यक्ष दीपक ठकुरी लगायत वार्तामा सहभागी थिए । आयोजनाको हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३